कारवाहीबाट रु ६२ लाख राजस्व संकलित


पोखरा, ११ असोज (रासस) ः जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आवको साउन र भदौमा सवारी कारबाहीबाट रु ६२ लाख ५०० राजस्व संकलन गरेको छ ।

सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ११ हजार ५५० सवारीसाधन कारबाहीमा परेको प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवबहादुर थापाले जानकारी दिनुभयो । उक्त अवधिमा १९ सवारी दुर्घटना भएकामा आठ मानिसको मृत्यु भएको थियो भने १५ जना गम्भीर घाइते भएका थिए । मापसे गरी सवारी चलाउने ५९९ सवारी चालक कारबाहीमा परी तिनले रु पाँच लाख ९९ हजार तिरेको सूचना अधिकारी थापाले बताउनुभयो ।

यस्तै बढी भाडा लिने ११ बस र छ ट्याक्सी, हर्न निषेध उल्लंघन गर्ने ४५ ट्रक, ३५ बस, ६४ जिप÷कार, ६५ मोटरसाइकल पनि कारबाहीमा परेका छन् । त्यस्तै मोटरसाइकललाई रुपान्तरण गरी चलाउने ६८ मोटरसाइकल चालक र ट्याक्सीमा मिटर नराखी बढी भाडा लिने १७२ ट्याक्सी पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।