पुन्यमको पोट्रेट युट्युबमा

0
Shares

 

२०४८ सालताका सार्वजनिक भएको प्रतिबिम्ब १ नामक गीति संग्रहले सो सांगीतिक समूहका सदस्य राजु सिंह, सुदीप रिजाल र पुन्यम प्रधानलाई एकाएक चर्चित बनायो। त्यसको एक वर्षपछि बजारमा आएको अर्को एल्बम प्रतिबिम्ब–२ ले उनीहरूलाई संगीतप्रेमी स्रोतामाझ स्थापित कलाकारकै रूपमा परिचित गरायो।

त्यसपछि तिनीहरूले प्रतिबिम्ब–३ र प्रतिबिम्ब–४ सम्म पनि निरन्तरता दिए। सुदीप रोजगारको सिलसिलामा बिदेसिएपछि भने निरन्तरता टुट्यो। पुन्यमले आफ्नो एकल प्रयासमा पोट्रेट नाम दिएर एल्बम तयार पारेका थिए। तर, त्यो सार्वजनिक हुनुअघि नै उनी कामकै सिलसिलामा अमेरिका प्रस्थान गरे। अहिले सोही पोट्रेटका केही गीतका म्युजिक भिडियो युट्युवमा अपलोड गरिएको छ।

सुरेनमान शाक्यको संगीत र ओमशंकर श्रेष्ठको रचनामा पुन्यमले गाएको बिलाई गए नभन बोलको गीत कुनै समय निकै चर्चित थियो। हालै उनले जलें जलें जलें म , तिम्रो आँखाका रंग, फेरि मुटुले बोलका गीत नवीन श्रेष्ठको शब्द र संगीतमा रेकर्ड गराएका छन्। साथै उनले आफ्नै संगीतमा तिम्रो ओठको मुस्कान बनी, हरपल तिम्रै र जुनी–जुनी बोलका गीत पनि तयार गरिसकेका छन्। चाँडै नै उनी यी गीत संगृहित एल्बम लिएर दर्शक र स्रोतामाझ आउने भएका छन्।