मेलाको गीत बाहिरियो

0
Shares

 

वीरगन्ज, (नेस)। आगामी कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म मेलाको दोस्रो गीत सार्वजनिक गरिएको छ। आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरी मेलाका निर्माता लेखक तथा सहनिर्देशक हरि पन्तले यस्तो जानकारी गराएका हुन्।

उनले मेलाको पहिलो गीत परिचय पाऊँ न त नानीको यसअघि नै सार्वजनिक भइसकेको र भ्युज संख्या ७ लाख ५० हजार पुगिसकेको जानकारी दिए। मेलाको सार्वजनिक किन बन्थ्यो दारु नपिउने भएमा बोलको गीतमा विक्रम राई र शशी रावलको स्वर रेहको छ।

गीमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ। पवित्रा आचार्यको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन छ। वीरगन्जसहित मुलुकका विभिन्न स्थानमा छायांकन गरिएको मेला समसामयिक विषयवस्तुमा केन्द्रित रहेको पनि पन्तले जानकारी गराए। कार्यक्रममा भोजपुरी फिल्मका नायक परदेशी साहले मेलाको पहिलो गीतजस्तै दोस्रो पनि लोकप्रिय हुने दाबी गरे।

फिल्ममा अष्ट महर्जनको द्वन्द्व, हरि पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ। सलोन, आमेष र अशिष्माका अलावा फिल्ममा बसन्त भट्ट, निरज श्रेष्ठलगायतका कलाकारको पनि अभिनय रहेको छ। हरि पन्तको प्रस्तुतीमा तयार भएको फिल्मका निर्माता मनोज के मरोडिया हुन्। राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्मका निर्देशक बसन्त निरौला हुन्।