सञ्चारकर्मी तथा गायिका मञ्जु पौडेलले म्युजिक भिडियोसहित नयाँ गीत दामी छ रेन्त सार्वजनिक गरेकी छिन्। गायिका पौडेलले गजलकार मधु साश्रुद्वारा रचित गीत सार्वजनिक गरेकी हुन्।
राजधानीमा आयोजित एक समारोहबीच कार्यक्रमको आयोजना गरी उनको गीत सार्वजनिक गरिएको हो। समारोहमा प्रमुख अतिथि संगीतकार शम्भुजित बाँस्कोटाले उनको गीत सार्वजनिक गरेका थिए।
समारोहमा संगीतकार बाँस्कोटाले गायिका, संगीतकार एवम् गीतकारबारे चर्चा गरे भने गायिका कोमल वलीले सञ्चारकर्ममा राम्रो गर्दै आएकी मञ्जुको गायन यात्रा पनि उज्ज्वल भएको बताइन्।
त्यसै गरी संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले सार्वजनिक गीतबारे चर्चा गरेका थिए।
छायाछवि क्रिएसनको आयोजनामा सम्पन्न कार्यक्रममा गीतकार शान्तिप्रियले गीतको प्रशंसा गरे भने गायिका मञ्जु पौडेलले राम्रो गीत गाउन पाएकामा खुसी व्यक्त गरिन्।
गीतको म्यजिक भिडियोमा मञ्जु पौडेलकै छोरी स्नेहा पौडेललाई फिचरिङ गरिएको छ। भिडियोमा छायांकन दुर्गा पौडेल र सम्पादन निशान घिमिरेको रहेको छ।
संगीतकार सन्तोष श्रेष्ठले आफ्नो स्थापित शैलीबाट हटेर तयार पारेको गीतमा गोपाल रसाइलीको एरेञ्जमेन्ट रहेको छ।
प्रतिक्रिया