दादको समस्याबाट यसरी जोगिनुहोस

0
Shares

अनुहार सुन्दर तर त्यहिमाथि निस्केको फुस्रो दादले रुपै बिगारिदिएको हुन्छ। कतिपयको शरीरका विभिन्न भागमा दाद निस्किएको हुन्छ। यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढ्दै जादाँ थप समस्याहरु निम्त्याउदै जान्छ।
बच्ने टिप्स
दाद भएको ठाउँमा खराब औषधी पर्यो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तिव्र हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहर्याउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ। कपालको दाद विद्यालय जाने बालबालिकामा बढि हुन्छ।

दाद हुँदा औषधी नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ।
नुहाएपछि कटानको कपडाले राम्रोसंग पुछेर सुख्खा बनाउने ।
चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्ने।
आफूखुसी उपचार कहिल्यै पनि नगर्ने।

औषधी प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधी खानुपर्ने हुन्छ।