दाँतमा पहेँलोपन पानीमा हुने केमिकलहरु, सुर्ती, पाना र रंग प्रयोग गरिएका खानेकुराको धेरै प्रयोगले आँउछ । आकर्षित गर्नको लागि मोती जस्तो चम्किलो दाँतसहितको मुस्कानले धेरै काम गर्छ । तर, आजकाल धेरै जसो मानिसहरु पहेँलो दाँतको समस्याले घेरिएका छन् ।
यस्ता छन् पहेँलो दाँतलाई सेतो बनाउने घरेलु तरिकाः–
१. दुग्धजन्य पदार्थ धेरै खाने
दाँत चम्काउनको लागि बजारमा विभिन्न किसिमका उत्पादनहरु पाइन्छन् । तर, यसले दाँतलाई फाइदा पुग्नको सट्टा नोक्सान पुग्ने सम्भावना प्रवल हुन्छ । जुन किसिमले प्राकृतिक उत्पादनले तपाईको दाँतलाई सफा र मजबुत बनाउँछ यस प्रकारले अन्य केही चीजले पनि सक्दैन । दुध र दुधबाट बनेका उत्पादन हाम्रो दाँतबाट छिटै पहेँलोपन टाढा भगाउँछ । यस्तो किनभने दुधमा धेरै मात्रामा क्याल्सियम हुन्छ जुन दाँतको लागि धेरै जरुरी हुन्छ ।
२. नुनले ब्रस गर्ने
दाँतलाई सफा र मोती जस्तो चम्किलो बनाउनको लागि नुनको प्रयोग हाम्रो सँस्कृतिमा धेरै पहिले देखि नै चलि आएको हो । नुनमा धेरै मात्रामा सोडियम र क्लोराइड हुन्छ जसले दाँतको पहेँलोपन कम गर्न मद्धत गर्छ । दाँत सफा गर्ने समयमा थोरै नुन राख्नुहोस । तपाई आँफै देख्नुहुन्छ केही दिनमै तपाईको दाँत सफा हुन्छ ।
३. कागतीले दाँतको सफा गर्ने
दाँतको ब्याक्टेरियालाई मार्न र दाँतलाई सफा गर्नको लागि कागती साँच्चै नै प्रभावकारी हुन्छ । खाना खाएपछि कागतीले दाँत सफा गरेमा धेरै लाभ मिल्छ । दैनिक राती खाना खाएपछि एक कागतीको रस निचोरेर त्यसमा समान मात्रामा पानी मिसाउनुहोस । खाना पछि यो पानीले कुल्ला गर्नुहोस् । दैनिक यस्तो गर्नाले दाँतको पहेँलोपन र सासको दुर्गन्ध टाढा हुन्छ ।
४.बेकिङ सोडाको प्रयोग
दाँतको पहेँलोपन टाढा भगाउनको लागि बेकिङ सोडा धेरै नै प्रभावकारी हुन्छ । जुन तरिकाले हामी दाँत सफा गर्ने समयमा नुनको प्रयोग गर्छौं त्यसै तरिकाले बेकिङ सोडाको प्रयोग गर्न सकिन्छ । ब्रस गर्ने समयमा थोरै बेकिङ सोडा ब्रसमा राख्नुहोस र विस्तारै आफ्नो दाँत सफा गर्नुहोस । केही दिनमै तपाई देख्नुहुनेछ कि दाँतमा जमेको पहेँलो विस्तारै सफा हुँदैछ ।
प्रतिक्रिया