गाउँपालिकालाइ जग्गादान

0
Shares

सलिम अन्सारी,प्यूठान ।
सरुमारानी गाउँपालिका भवन बनाउन स्थानियले निशुल्क जग्गा दिएका छन। गाउँपालिकाका लागि आवाश्यक भौतिक सँरचना निर्माणका लागि स्थानीय ४ परिवारले साढे चार रोपनी जग्गा दिएका हुन।

स्थानीयले जिल्ला मालपोत कार्यालय प्यूठानमा गाउँपालिकाको नाममा जग्गा रजिस्टेशन पास गरिदिएको सरुमारानी गाउँपालिका कार्यालयले बताएको हो ।
जग्गाको मूल्य स्थानीय चलनचल्तीको मूल्य अनुसार करिव २५ लाख रुपैयाँ पर्छ। साबिकको ढुगेँगढी गाबिस स्थित बडडाडामा जग्गा दिएको स्थानीय शिव बहादुर बुढाथोकीले जानकारी दिए।

गाउँपालिकाको बिकासका लागि सेण्टर केन्द्रमा पर्ने गरि आफुहरुले जग्गा दिएका छौँ उनले भने गाउँपालिका यहाँ बस्यो भने हामीलाइ पनि सजीलो हुन्छ। जग्गा दिनेहरुमा स्थानीय शिव बहादुर वुढाथोकी,चन्द्र बहादुर बुढाथोकी,सुरेन्द्रराज भण्डारी र प्रकाश गौतम रहेका छन।
जग्गा प्राप्त भएपछि अव चाडै भवन निर्माण गरिने र यसका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा एक करोड रुपैयाँ बजेट समेत बिनियोजन गरिसकिएको गाउँपालिका कार्यालयले बताएको छ।कार्यालय निर्माण भएसँगै स्थानीयलाइ गाउँपालिकाबाट सँघिय व्यावस्था अनुरुप सरकारी सेवासुबिधा प्रदान गर्ने गाउँपालिकाको तयारी छ। गाउँपालिकाको कार्यालय अहिले भाडाको घरवाट सँचालन हुँदै आएको छ।