पाँच वर्षभित्र रौतहटलाई कच्ची सडकमुक्त गराइने

0
Shares

 

रौतहट, ३० भदौ । नेकपा (एमाले)का नेता माधवकुुमार नेपालले आगामी असोज २ गते हुुने तेस्रो चरणको स्थानीय निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने जिकिर गर्नुभएको छ ।

गृह जिल्ला रौतहटको बौधीमाई नगरपालिकाअन्तर्गत इनरवा टोलमा आयोजित चुुनावीसभालाई सम्बोधन गर्ने क्रममा उहाँले पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म एमालेको जनलहर चलेको बताउनुभयो ।

उहाँले विपक्षीले एमालेलाई मधेश विरोधी भनेर गलत भ्रम फैलाएकाले त्यस्ता भ्रममा नपरेर स्थानीय निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुुभयो । “मधेशी मूलका डा रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपति बनाउन समर्थन गर्ने, मधेशी मूलका दलित रामप्रीत पासवानलाई उपसभामुख बनाउने पार्टी कसरी मधेश विरोधी हुुन्छ ?” नेता नेपालको प्रश्न थियो ।

मधेशको विकासका लागि काम गर्दै जाँदा केन्द्रबाट अर्बाँै लगानी गर्न एमालेको सरकार तयार रहेको बताउँदै नेता नेपालले विकासको रकम फ्रिज नगराउन र भ्रष्टाचारबाट जोगिन कार्यकर्तालाई सचेत गराउनुुभयो । आगामी पाँच वर्षभित्र रौतहटलाई कच्ची सडकमुक्त गराइने उहाँको भनाइ थियो ।

आफूु प्रधानमन्त्री हुुँदा सदरमुुकाम गौरमा नर्सिङ क्याम्पसको स्थापना गराएकाले सयांै गरिबका छोरीहरु नर्सिङको पढाइ सकेर रोजगारी पाउने भएको उहाँले बताउनुभयो । यसअघि आजै नेता नेपालले झुुनखुुन्वा, हजमिनिया, बलुुआ र बैरियामा पार्टीद्वारा आयोजित चुुनावीसभालाई सम्बोधन गर्नुुभएको थियो । रासस