बालमैत्रीपूर्ण शासन कायम गर्न राष्ट्रपतिको आग्रह

0
Shares

 

काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालमैत्रीपूर्ण शासनमार्फत बालअधिकारको सम्मान गर्न सबैमा आह्वान गर्नुभएको छ ।

बाल दिवस २०७४ का अवसरमा आज शुभकामना सन्देश दिनुहँुदै उहाँले बालमैत्रीपूर्ण शासनका लागि संवैधानिक तथा कानूनी व्यवस्था एवं नीति तथा कार्यक्रम कार्यान्वयनमा सबै पक्षको समन्वय र सहकार्य जरुरी भएको उल्लेख गर्नुभएको छ ।

“बालमैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं शिक्षाप्राप्तिको अवसर सम्पूर्ण बालबालिकालाई प्राप्त होस् भनी कामना गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले मुलुकमा संविधान जारी भई लामो राजनीतिक संक्रमणकालको समाप्तिसँगै बालअधिकारका क्षेत्रमा महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै बालबालिकाको संरक्षण र सुरक्षाको क्षेत्रमा अझै धेरै कार्य गर्न जरुरी छ भन्नुभयो ।

“गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा पहुँच वृद्धि गरी बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार, शोषणलगायत बाल विवाहजस्ता कूप्रचलन पूर्णरुपमा समाप्त गर्दै बास्तविक रुपमा बालअधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ, उहाँले सन्देशमा भन्नुभएको छ– ‘बालअधिकार हननका घटनाबाट बालबालिकालाई जोगाउन सम्बद्ध सबै पक्ष निरन्तर प्रयत्नशील रहनु पर्दछ ।” रासस