कोरियन अस्पतालको इमर्जेन्सी सञ्चालक समिति विघटन

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
मुलुककै एकमात्र छारे रोगको रिफरल अस्पताल एवम् जनरल अस्पतालको रुपमा रहेको ‘कोरिया नेपाल मैत्री अस्पताल’ मध्यपुर ठिमीको विद्यमान इमर्जेन्सी सञ्चालक समिति विघटन गरिएको छ ।साथै मध्यपुर ठिमी नगरपालिकाका कार्यकारी अधिृकत कमल ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ ।
मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवम् सो अस्पताल व्यवस्थापन समितिका पदेन अध्यक्ष मदनसुन्दर श्रेष्ठले विद्यमान इमर्जेन्सी सञ्चालक समिति विघटन गरि कार्यकारी अधिृकत ज्ञवालीको संयोजकत्वमा नयाँ समिति गठन गरेका हुन । समितिका सदस्यमा नगरपालिकाका कानून अधिकृत केशव सिलवाल र सदस्य सचिवमा सो अस्पतालका कार्यकारी निर्देशक डा.दिपेन्द्रकुमार रौशन रहेका छन ।
अन्य नीजि र सरकारी अस्पतालले दिने सम्पूर्ण सुविधा सो अस्पतालले न्यूनशुल्कमा २४ सै घण्टा दिँदै आएको अस्पतालका कार्यकारी निर्देशक एवम वरिष्ठ छारेरोग विशेषज्ञ डा.दिपेन्द्रकुमार रौशनले बताए । ५० शैययाको सो अस्पतालले दक्षिण कोरिया सरकारबाट प्राविधिक सहयोग पाईरहेको छ ।नेपालमा स्वास्थ्य विमा शुरु गर्ने राजधानीको पहिलो अस्पतालको रुपमा सो अस्पताल परिचित छ ।