भेडीखर्केको साईलाको निधन

0
Shares

नवराज पहाडी, लमजुङ । लमजुङ ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी उर्फ भेडीखर्के साइलाको सोमबार निधन भएको छ।

अधिकारीको सोमबार सुन्दरा बजारस्थित निवासमा निधन भएको हो। जिल्ला स्थित अस्पताल तथा उपचार केन्द्रहरूमा उपचार हुन नसेकपछि उनको थप उपचारका लागि काठमाडौं लगिएको थियो।

८४ वर्षीय भेडीखर्के साइँलालाई दमका साथै ज्वरो, खान मन नहुने आदि समस्या थियो।

ब्राह्मण समाजमा छोराले गीत गाउनु हुँदैन भन्ने प्रचलन रहेको बेलामा पनि उनले खासगरी आफ्ना पिताजीको आँखा कान छल्दै ठाडो भाका गाउँदै आएका थिए। नौ वर्षको उमेरदेखि गाउन थालेको त्यो ठाडोभाका गीत उनले एक महिना अघिसम्म जिल्लाका सभासमारोहमा गाउँदै आएका थिए। उनी प्रमुख अतिथि वा विशेष अतिथिका रूपमा आमन्त्रण भएको समारोहमा पनि गीतको भाकाबाट नै मन्तव्य व्यक्ति गर्ने गर्थे।

उनको यही भदौ २९ गतेका दिन ८५ वर्षमा प्रवेश गरेको अवसरमा उनलाई जनस्तरबाट सम्बोधन गरिएको ठाडोभाका शिरोमणिको उपाधि दिनका लागि प्रतिष्ठानले संंस्कृति तथा नागरिक उड्डयन मन्त्रीमार्फत लविङ गर्दै आएको थियो।