कंगनाको अर्को खुलासा, ऋतिकसँग बिहेको कुरा भएको थियो

0
Shares

 

चर्चामा आउनका लागि सधैं केही न केही बाहना रच्ने बलिउड नायिका कंगना रनावत एकपटक फेरि यस्तै हरकत गरेर चर्चामा आएकी छिन्।

भाइभतिजावादको मुद्दामा करण जोहरको कफी विद करण नामक टिभी सोमा पहिलोपटक बोलेर बलिउडमा नातावादको मुद्दा उठाउने उनी त्यसपश्चात् लगातार चर्चामा रहँदै आएकी छिन्। उनले उठाएको मुद्दाप्रति विभिन्न कलाकरले आ–आफ्नो धारणा प्रस्तुत गरेपछि त उनको चर्चा बलिउडमा झनै चुलिएको छ।
एक बलिउड अनलाइनले जनाएअनुसार निजी टिभीसँगको अन्र्तवार्तामा बलिउड अभिनेता ऋतिक रोशनका साथ आफ्नो सम्बन्ध रहेको बताएर उनी फेरि चर्चामा आएकी छन्। उनले अन्र्तवार्तामा भनेकी छिन् ‘म ऋतिकसँग विहे गर्न चाहन्थे र हामीबीच विवाहको कुरा पनि भएको थियो।’

समाचारमा जनाइएअनुसार कगंनाले दावी गरेकी छिन् कि ऋतिकले आफ्नी पन्तीसँग सम्बन्धविच्छेद गरेपछि उनीसँग विहे गर्ने बाचा गरेका थिए। तर पछि चिन्न पनि छोडीदिए।

कंगना र ऋतिकबीचको विवाद नयाँ भने होइन। फिल्म काईट्स र कृष ३ मा सँगै काम गरसिकेका उनीहरुले एक अर्कालाई कानुनी नोटिस पनि पठाइसकेका छन्। ऋतिकले भने कंगनासंगको प्रेम सम्बन्धलाई नर्कार्दै आएका छन्। यस विवादमा ऋतिकका पिता राकेश रोशन पनि अगाडि आएका थिए। उनले भनेका थिए– ‘यदि ऋतिकले साँचो कुरा बतायो भने दुनियाँ अचम्ममा पर्नेछ।’