कंगनालाई करिनाको जवाफ

0
Shares

 

नातावादको मुद्दामा त्यति बेलादेखि बलिउडमा चर्चा हुन थालेको हो, जुन बेला बलिउड नायिका कंगना रनावतले कफी विथ करण नामक टिभी कार्यक्रममा यसको बारेमा गुनासो गरेकी थिइन्। केही दिनअघि कंगनाले एक अन्तरवार्तामा यसबारे कुरा उठाएपछि फेरि एकपटक यस कुराले बलिउड गर्माएको छ।

यसबारेमा बलिउड नायिका करिना कपुर खानले मुख खोलेकी छिन्। उनले आफ्नो भनाइ प्रस्टसँग अगाडि ल्याएकी छिन्। बलिउडको फिल्म फेयर म्यागेजिनले करिनासँग लिएको एक अन्तरवार्तामा जब उनलाई नातावादको बारेमा सोधियो उनले भनिदिइन्– ‘यहाँ रणवीर कपुर छन् भने रणवीर सिंह पनि छन्, जो फिल्मी खानदानको होइनन्। त्यस्तै यहाँ कंगना रनावत छिन् भने आलिया भट्ट पनि छिन्। जो फरक पृष्ठभूमिबाट आएका हुन्।’

समाचारमा जनाइएअनुसार उनले व्यावसायिक परिवारको बच्चाहरु पछि गएर आफ्नो पिताजस्तै व्यवसायी बन्दा र नेताको बच्चाहरु नेता बन्दा त्यसलाई नातावादको गन्तीमा नराखिने तर नातावादको बहस फिल्म उद्योगमा मात्र हुने गरेकोमा उनले आपत्ति जनाएकी छिन्। ‘बलिउड फिल्म इन्डस्ट्रिमा केही स्टारका बच्चाहरु छन्, जो आफ्नो अभिभावकजस्तो सफल भएका छैनन्। म यसलाई ओभर रेटेड मान्छु। मानिस बिजनेस र राजनीतले भन्दा पनि आफ्नो मेहनत र प्रतिभाको कारण सफलता हात पार्छ, यदि यस्तो नहुँदो हो त आज सबै स्टारका छोराछोरी मात्र देशको नम्बर वान स्टार बन्ने थिए’ –उनले भनेकी छिन्।