तिब्बतमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार बढदै



ललित सिंह, बझाङ ।
बझाङ सदरमुखकाम चैनपुर देखि करिब ७ दिन पैदल यात्रा गरी जिल्लाको उत्तरी भेग काडा गाबिससंग जोडीएको छिमेकी देश चीनको स्वसासित क्षेत्र ताक्लाकोटमा नेपाली फुरुको व्यापार बढदै गएको छ ।

हिमाली क्षेत्रमा पाईने तिल्याइलो र पा“गरको रुखमा हुने गा“ठोबाट बनाइएको काठको भा“डा फुरु तिब्बतमा उडेन कपको नामले चिनिन्छ । बझाङ विभिन्न जंगलमा पाईने यो काठबाट आफै भा“डा निमार्ण गर्नु हुम्ला र बझाङका तामाङ र लामा जातीको पुख्यौली पेशा बन्दै आएको कल्पना तामाङ्गले बताईन् ।

उनले भनीन् एक फुरुको ५ शजार देखि १५ हजार सम्म हेरीहेरी मुल्य पाईन्छ । फेरी हामी तामाङ्ग जातीहरु कर्षि खेती गर्न भन्दा यसै ब्यापार गर्न सजिलो हुन्छ कृर्षि पेसा गरौ भने चाहेजस्तो जमिन छैन् फेरी बर्षभरी काम गरी २ महिना खान पनि पुग्दैन् फुरु कोेर्न लागे पछि आन्नद्रले बर्षभरी खानपुगी ४ पाँच लाख बैकँमा जम्मा सलिै संग गर्न सकिन्छ ।

तिब्बतियनहरुको जन्म, मृत्यू, विबाह देखी विभिन्न शुभकार्यमा शौख र शानको प्रतिकका रुपमा लिइने फुरु को व्यापार गर्न हुम्ला र बझाङका ३० भन्दा बढी व्यापारीहरुले ताक्लाकोटमा पसल खालेका छन ।

चिनको ताक्लाकोट बजारमा नेपालीले बर्षौंदेखी हस्तकलाका सामान फुरु नेपाली गलैंचा, जडिबुटी लगायतका सामान समेत सो क्षेत्रमा विक्रि गर्ने र चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गर्दै आएका स्थानीय बासिको भनाई छ । हस्तकलाका सामानमा त्यहाँकोे स्थानिय सरकारले भन्सार तिर्न नपर्ने प्रावधान रहेको छ ।

परम्परागत रुपमा नै फुरु वनाउने काममा यहा“का मानिसहरु संलग्न भए पनि पहिला त्यति सजिलै विक्रि हुदैनथ्यो । चिनको ताक्लाकोट बजारमा नेपाली हस्तकलाका सामानमा त्यहाँकोे स्थानिय सरकारले भन्सार तिर्न नपर्ने प्रावधान बनाए संगै फुरुको कारोबार निकै चम्किएको छ । बर्षमा २÷३ अर्ब बराबरको फुरु विक्रि हुने गरेको नेपाल चीन उद्योग व्यापार संघका सचिव तथा बझाङका व्यापारी मैहिमान तामाङले बताए । उनले भने लगानी भन्दा दोब्बर तेब्वर फाइदा हुने भएकोले फुरुको व्यापारबाट धेरै फाइदा हुने गरेको उनको भनाई छ ।

बझाङबाट यार्सागुम्बा, बनलसुन, कटुकी, सतुवा, पाँचऔले लगायत जडिबुटीहरु ठुलो परिमाणमा निकासि हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामानहरु, मह, घिउ, छुप्री, खुर्सानी लगायतका दैनिक उपभोग्य सामानहरु पनि चौरी, भेडा र खच्चर मार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको काँडा गाउँपालिका अध्यक्ष राजेन्द्र धार्मीले बताए ।

उनले भर्ने उताबाट नुन, कपडा, जुत्ता र ठुलो परिमाणमा तिब्बती ब्रान्डका मदिराहरु आयात हुने गरेको छ । सोही मात्रामा लत्ताकपडा र दैनिक उपभोग्य सामानहरु तिब्तको उरैभन्ज्याङ्ग नाका भएर भित्रिने गरेको र सदरमुखकाम चैनपुर आउनु भन्दा नजिक चिनको ताक्लाकोट पर्ने भएकाले पनि काडा गाउपालिकाका स्थानीय बासिन्दाहरुको बढी जसो ताक्लाकोट बाटै कारोवार गर्ने गरेको अध्यक्ष धार्मीको भनाई रहेको छ ।

यस बाहेक बझाङ, दार्चुला र मुगूबाट हातेहोजियारीका सामान, नेपाली गलैँचा, बांस, निगालो, छाला, र अन्य हस्तकलाका सामानहरु पनि ताक्लाकोट लगायत नजिकैका लुक्पु, खोचेर, लुकोट आदी ठाँउहरुमा विक्रि हुने गरेको छ । हातेहोजियारी र हस्तकलाका सामान नेपाली बजारको भन्दा दशौं गुणा महंगो मा विक्रि हुने गरेको अर्का ब्यापारी पासाङ्ग लामाले बताए ।

नेपाल सरकारले कृषि र पशुजन्य उत्पादनको ताक्लाकोटमा सहज पहु“च बनाउनका लागी पहल गरि दिए सिमावर्ती जिल्लाका बासिन्दा आर्थीक समृद्धी हुने उनको बुझाई छ । ‘चुरोट, रक्सी र गुट्खा जस्ता सामान सजिलै निर्यात गर्न दिने र तरकारीमा भने अलि कडाई गर्ने गरेक छन् । चिनको पनि विकट भएकोले यहा“ प्राय सबै सामानहरु महंगो हुने र आयत भन्दा निर्यातको सहज प्रबन्ध सरकारले गर्न सकेमा ठुलो फाइदा हुने यहा“का नेपाली व्यापारीहरु बताउछन ।

ताक्लाकोट तिब्बतको बिकट हिमाली क्षेत्रमा पर्ने शहर एक मुख्य शहर हो । हिन्दु, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रशिद्ध तिर्थस्थल कैलास मानसरोवर जान यहि बाटो भएर जानु पर्ने हुन्छ । ताक्लाकोट बाट नजिक पर्ने भएकोले चिन सरकारले यस क्षेत्रको विकासमा उल्लेख्य लगानी गरीरहेको छ ।

भारत, नेपाल र चिनको भुभाग संग जोडिएको यो क्षेत्रलाई पछिल्लो समय त्रिदेशिय व्यापारीक सहरकोे रुपमा विकास गर्न चीनियाँ सरकारले अत्याधुनिक संरचना निमार्ण गरि रहेको छ । नेपाल र तिब्बतको ताक्लाकोट विच हुने आर्थिक कारोबारको व्याख्या गर्नका लागी यति मात्र पर्याप्त छैन ।

ताक्लाकोटबाट हुम्ला जोड्ने हिल्सा, दार्चुला जोडने टिङकर र बझाङ जोड्ने उरै भञ्जाङ नाकाबाट बर्षेनी खर्वाैको आर्थिक कारोवार हुने गरेको जानकारहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्