युवा क्लबले दियो स्वास्थ्य चौकीलाई औषधी

0
Shares

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३ बराङ्जामा क्रियाशिल गतिशिल युवा क्लबले बराङ्जा स्वास्थ्यचौकीलाई झण्डै २ लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरेको छ । बुधबार बराङ्जामा सम्पन्न एक कार्यक्रमबीच क्लबले आफ्नो स्रोतबाट खरिद गरेको औषधी स्वास्थ्यचौकीलाई उपलब्ध गराएको हो ।

स्वास्थ्यचौकीलाई औषधी हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले समाज परिवर्तनका लागि युवाहरुको सकारात्मक पहल आवश्यक रहेको हुँदा युवाहरु रचनात्मक र सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभएको थियो । क्लबका अध्यक्ष रणबहादुर बूढाथोकीले क्लबमार्फत आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।