दशैंलाई मंगलम् पनि

0
Shares

 

निर्माता छवि ओझाको ब्यानर छविराज प्रोडक्सनको ब्यानरमा नायिका शिल्पा पोखरेलद्वारा प्रस्तुत फिल्म मंगलम् विजया दशमीको अवसरमा रिलिज हुने भएको छ। यो फिल्म दीपकराज गिरीलगायतको निर्माण तथा दीपाश्री निरौलाद्वारा निर्देशित फिल्म छक्का पञ्जासँगै आगामी असोज ११ गते रिलिज हुन लागेको हो।

गुण सिनेमा प्रालिसमेतको सहकार्यमा निर्मित पारिवारिक प्रेमकथाको यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन्। दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता तथा छविराज ओझा कार्यकारी निर्माता रहेको फिल्म यसको फस्ट लुक्स सार्वजनिक गर्दै आगामी असोज ११ मा रिलिजमा आउने यसको निर्माण संस्थाले जानकारी गराएको छ। गोविन्द फुयालको कथा, पटकथा र संवाद निर्देशक नेपाल र गोविन्द फुयालको, दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पित घिमिरेको छायांकन, मित्रदेव गुरुङको सम्पादन रहेको फिल्ममा शिल्पा पोखरेल, साम्राज्ञीराज्यलक्ष्मी शाह, पुष्पल खड्का, पृथिवीराज प्रसाईं, नीर शाह, मिथिला शर्मा, सुशील पोखरेललगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।