पूर्वपत्नी जेनिफरसँग माफ मागे ब्राडले

0
Shares

 

हलिउड सुपरस्टार ब्राड पिटले पूर्वपत्नी जेनिफर एनिस्टनसँग माफी मागेका छन्। यो खबरसँगै ब्राड र पिटले वर्षाैंअघिदेखि बिग्रिएको सम्बन्धमा सुधार ल्याउन सक्ने अनुमान गरिएको छ।

ब्राड पिट र जेनिफर एनिस्टन कुनै बेला हलिउडका सबैभन्दा आकर्षक जोडीका रूपमा चिनिन्थे। तर, ब्राडको जीवनमा एन्जेलिना जोलीको आगमनसँगै ब्राड र जेनिफर अलग भए। त्यसपछि ब्राडले एन्जेलिनासँग १२ वर्ष लामो समय बिताई विवाह गरे।

ब्राड र जोलीको विवाहपछि यो जोडी ब्राजेलिनाको नामले पनि चिनिन थाल्यो। सन् २०१४ मा विवाह गरेको यो जोडी अन्ततः २०१६ मा अलग हुन पुग्यो। यही अवस्थामा ब्राड पिटले पनि आफ्नी पूर्वपत्नी जेनिफरसँग माफी माग्दै जोलीको कारणले अलग हुन परेको बताएका छन्। एजेन्सीले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, जेनिफरले पनि सकारात्मक प्रतिक्रिया दिएकी छिन्।

सन् २००० मा विवाह गरेका ब्राड र जेनिफरले ५ वर्षसम्म वैवाहिक जीवन बिताएका थिए। यसैबीच ब्राड पिट र एन्जेलिना जोलीले फिल्म मिस्टर एन्ड मिसेज स्मिथमा काम गर्दा यति नजिकिए कि जसको कारण ब्राड एनिस्टनसँग अलग भएका थिए।