तमोर लिफ्ट आयोजनाले आशा जगायो

0
Shares

गणेश साम्पाङ, पाँचथर ।
पाँचथरको कुम्मायक गाउँपालिका ४ रानीगाउँका बिष्णुप्रसाद चापागाई गाउँमा खानेपानी अभावकै कारण ४ बर्ष अघि नै गाउँ छाडेर झापा बसाई सरेका थिए ।

पाँचथरको कुम्मायक गाउँपालिकाको ५ वटै वडाहरुमा खानेपानीको अभाव भए पछि साबिक रानीगाउँ, स्याबरुम्बा,यासोक र माङजाबुङ गाबिसका दुई सय भन्दा बढी परिवारले बिगत बर्षहरुमा गाउँ छाडेका थिए । गाउँमा भएका कुवा पधेरा धारा जस्ता पानीका सबै स्रोत सुके पछि यहाँका स्थानीयबासीले गाउँछाडेका हुन । खानेपानी किनेर खानुपर्ने अबस्था आए पछि मान्छे कसरी बस्ने त्यसैले पनि उनीहरुले गाउँ छाडेका हुन ।

तर अब तमोर नदीको पानी माथि तानेर बितरण गर्ने आयोजना तमोर लिप्mट आयोजनाको काम शुरु भयो त्यसैले अब भने खानेपानी पाइन्छ भन्ने आशा पलाएको छ कुम्मायक ५ साबिक स्याबरुम्बा २ का समाजसेवी दुर्गा बम्जन भन्नुहुन्छ ।
पाँचथरको सो क्षेत्रमा देखिएको पानीको अभावका कारण जिल्ला बिकास समिती पाँचथरले ३०६७ सालमै सुक्खा क्षेत्र घोषणा गरेर तमोर नदीको पानीलाई बिद्युतीय शक्तिले माथि डाडामा तानेर पाइप मार्फत बितरण गर्ने गरी तमोर लिप्mट आयोजनाको काम अगाडी बढ्यो ।

त्यही आयोजनाको काम गत बर्ष देखि शुरु भयो अहिले सो कामले गति पाएको छ । अब यही गतिमा काम अघि बढे १ बर्षमा स्थानीयबासीले पानी पिउन पाउँछन कुम्मायक १ का वडा अध्यक्ष तथा सो आयोजना सरोकार समितीका सचिव देबेन्द्र लावती भन्नुहुन्छ ।

पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालन भैरहेको तमोर लिप्mट खानेपानी आयोजना नेपालको मेलम्ची खानेपानी आयोजना पछिको ठूलो आयोजना हो । तमोर नदीको पानीलाई विद्युतीय शक्तिले तानेर बिभिन्न फरक फरक आकारका पाइप मार्फत ११ किलो मिटर ट्रान्समिशन लाइन रहेको छ । यस आयोजनाबाट ३ हजार ४३ धारा जडान हुने र यो आयोजनाको कुल बजेट ५१ करोड ३० लाख रहेको जिल्ला खानेपानी डिभिजन कार्यालय पाँचथरका इन्जिनियर रबिन्द्र रायले बताउनु हुन्छ ।

गाउँमा खानेपानी हाहाकार भए पछि १ बर्ष अघि सम्म बसाई हिड्नेको ताती थियो तर अहिले भने अलिक कम भएको छ । तमोर लिप्mट आयोजनाले आशा जगाएको छ । तर पनि समस्या समाधान भएको छैन । हामी तल देखिने तमोर नदीको पानी हेछौं चित्त बुझाउँछौं । अनि पानी २ रुपैंया लिटरले किन्छौं खान्छौं अब कहीले सम्म त्यसरी पानी किनेर पिउनु पर्ने कुम्मायक ४ साबिक रानी गाउँका लेखनाथ खनाल भन्नुहुन्छ ।

खानेपानीको अभावका कारण कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा रहेका होटल ब्यबसायीहरु मारमा परेका छन । पानी बिना होटल ब्यसायको कल्पना नै गर्न सकिन्न पानी किनेर होटल ब्यबसाय सञ्चालन गर्न कठिन छ । एक सिजनमा एउटा होटलले ५० देखि ६० हजार सम्मको पानी किन्नु पर्छ, अब तमोर लिप्mट खानेपनी कहिले आउँछ अनि मात्र ब्यबसाय फस्टाउँछ होटल ब्यबसायी संघ यासोकका अध्यक्ष टिएन लावती भन्नुहुन्छ ।

हाल दुई चरणमा फरक फरक निमार्ण ब्यबसायीहरुले काम गरी रहेको सो आयोजनाको काम ३० प्रतिशत सम्पन्न भएको प्रेरा स्वामीनारायण जेभि कम्पनीका का इन्जिनियर रोशन यादव बताउनु हुन्छ । आयोजनाको मुख्य पाइप लाइनको धेरै काम भइ सकेको आयोजनामा रहेको ठुला स्तरका १० वटा मध्ये ६ वटा रिजर्भ ट्याङकीको काम सम्पन्न भइ सकेको यादव बताउनु हुन्छ ।

खानेपानीको हाहाकार भए पछि यहाँका किशानहरुले धान रोप्ने र पशु पाल्ने काम नै छाडी सकेका छन पिउने पानी नभए पछि खेत कसरी रोप्ने खेतबारी बाभैंm छ परम्परगत पेशा बिस्थापित भयो पानी नभएका कारण ३ साबिक ४ गाबिसका ६० प्रतिशत खेत बाभैंm छ पशुपालन नहुदा मल हुदैन मल बिना खेती पाती सम्भव छैन त्यसैले हामी सपरिवार झापा झरियो बिष्णुप्रसाद चापागाई भन्नुहुन्छ ।
खानेपानी समस्याका कारण अन्य सर्वसाधारण संगै खास गरी बिद्यार्थी मर्कामा परेका छन । पहिलो कुरा त खानेपानी टाडा हुदाँ पानी लिन जाँदा र आउँदा नै धेरै समय लाग्छ । अनि पालो पर्खनु प¥यो भने अझ बरबाद नै हुन्छ समय खानेपानीको कारणले बालबालिकाको पढाईमा धेरै असर पु¥याएको छ सिद्ध मा बि रानीगाउँ ८ का प्रधान अध्यापक नरेन्द्रबहादुर सम्बाहाम्फे भन्नु हुन्छ ।

पानीका कारणले बिद्यालयमा बालबालिको पढाईमा बाधा पुग्ने मात्र होइन यसले सरसफाइमा प्रतिकुल असर पु¥याएको छ । खानेपानी समस्याका कारण बिद्यालयमा भएका धारा र चर्पीको प्रयोग छैन । गाबिस भित्रका विद्यालयमा रहेका १५ वटा चर्पी मध्ये ३÷४ वटा चर्पी मात्र अहिले प्रयोग छ अरु चर्पीमा ताला लागेको छ । प्रअ सम्बाहाम्फे भन्नुहुन्छ ।

खानेपानी अभावका कारण पहिला जस्तो बसाइृ हिड्नेको ताती छैन । अब भने सुक्खा क्षेत्र हरियालीमा परिणत होला जस्तो छ तमोर लिप्mटको कामले आशा जगाएको छ । कुम्मायक गाउँपालिका वटा न ४ का पा्रविधिक सहायक फगेन्द्र सम्बाहाम्फे भन्नुहुन्छ ।