अलैंचीको मूल्य घट्यो, पुर्वमा कारोबार न्यून



रविन भट्टराई, ताप्लेजुङ ।
नेपाली अलैंचीको मूल्य घटे पछि ताप्लेजुङ सहित पुर्वका जिल्लामा यसको कारोवार घटेको छ । भारतमा पनि अलैंची उत्पादन बढेपछि गत वर्षको तुलनामा यस वर्ष नेपालमा उच्च भाउ घटेको व्यवसायिहरुले बताएका छन् ।

नेपाली अलैंचीको मुख्य बजार भारतलाई मान्ने गरीन्छ । नेपाली अलैंची निर्यातकर्ता भारत सिलगुडीका वावुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि यताको मूल्य घटेको जानकारी दिए ।

बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, आसाम, मेघालय लगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन नसकेको उनको भनाई रहेको छ ।

गत वर्ष प्रतिमन (४० किलो) को बढिमा एक लाख १० हजार र कममा ६० हजार मा खरिदबिक्री भएको नेपाली अलैंची यस वर्ष ३५ हजारमा स्थिर रहेको छ । मूल्य बढ्ने आशमा नेपाली व्यापारीले ८० प्रतिशत अलैंची भण्डारण गरी राखेको ताप्लेजुङका व्यवसायी खेमराज केसीले बताए ।

भण्डारणले गुणस्तर झन् घट्ने र मूल्य कम आउने हुन्छ । यता व्यवसायिले भाउ बढ्ने आसामा थन्क्याएर राखेको अलैचि ढुसि आउने र पछिल्लो समय नक्कली अलैचि समेत मिसाएर बेच्दा नेपालको अलैचि बहिर निकासीमा कमी आएको अलैचिको क्षेत्रमा अनुसनधान गरीरहेका संस्थाहरुको दावि रहेको छ ।

सिन्डिकेट बजारले अलैंची बंगलादेश बढी जाने गर्छ अन्यत्र बजार विस्तार गरे केही मूल्य सुधार गर्न सकिने सम्भावना भए पनि यस तर्फ चासो नदिदा नेपालको कालो सुनको उपनामले चिनिने अलैचिको अबमुल्यन बडिरहेको विज्ञहरुको भनाई छ । नेपालबाट निर्यात गरेको अलैंची पाकिस्तानलगायत तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेकोले पनि नेपाली अलैचिको मुल्य घटेको अलैचि सम्बन्धि अनुसनधान गरीरहेको हिमालिका कार्यक्रमका सिपि भट्टराईले बताए ।

नेपालबाट भारत र पाकिस्तानमा पु¥याएको अलैंचीमा नेपालबाट अलैंची जातको नक्कली वस्तु चुरुम्फा केही परिमाणमा मिसावट भएपछि निर्यातकर्ताले माग घटाएका छन् । भियतनाम, ग्वाटेमालाबाट अलैंची जस्तै नक्कली सामग्री भारत भित्रिएपछि अलैंचीको मूल्यमा गिरावट आएको अलैचि व्यवसायि महासंघको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्