भूकम्प पीडितको पुन सर्वेक्षण

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समिति ९एनआरए० भक्तपुरले लाभग्राहीको सूचीमा नपरेका भूकम्पपीडितलाई गाउँ गाउँमा आएका पुनःसर्वेक्षण टोली मार्फत सूचीकृत हुन आग्रह गरेको छ ।
समितिले जिल्लाको चारवटै नगरपालिकाको प्रत्येक वडामा लाभग्राहीको सूचीमा नपरेका र गुनासो फाराम भरेका वास्तविक भूकम्पपीडितको पुनःजाँच तथा सर्वेक्षण गर्न सामाजिक परिचालक तथा सहजकर्ता सात र इन्जिनियर सात गरी १४ जनालाई तालिम दिई खटाएको छ । टोलीले भदौ महिना भरी जिल्लाको भक्तपुर नगरमा ७१९, मध्यपुरथिमिमा ३०४, सूर्यविनायकमा ५४८, र चाँगुनारायणमा ४९२ भूकम्पपीडितको पुनःजाँच गर्नेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समिति ९एनआरए० भक्तपुरका प्रमुख मुरारी वस्तीले जिल्लामा दुई हजार ६३ को पुनःजाँच र आठ सय भूकम्पपीडितको पुनःसर्वेक्षण हुने बताउँदै टोलीलाई सघाउन आग्रह गर्नुभयो ।