एउटै गीतमा २ सय ६५ को स्वर

0
Shares

 

विश्वमै पहिलोपटक ३ सय ६५ जना गायक गायिकाले संयुक्त रूपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ। राजधानीको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शीर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो।

सो गीत राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायतले सार्वजनिक गरेका हुन्। गीतमा राष्ट्रकवि घिमिरेदेखि नेपालका ख्याति प्राप्त गायकगायिका एवम् संगीतकर्मी कलाकारहरूको स्वर रहेको छ। जसमा ५ वर्षीय गायकलगायतको स्वर समावेश गरिएको छ। वातावरणसम्बन्धी चेतनामूलक मिलानकोली बोलको गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेठ ०६ गते बिहीबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिनमा रेकर्ड गरिएको थियो।

वातावरण संरक्षणको विषय उठान गरी तयार पारिएको गीतमा शब्द तथा संगीत निपेश ढकालको रहेको छ। एउटै गीतमा ३ सय ६५ जना गायकगायिकाले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतै पनि यो प्रयास नगरिएकाले यो गीत गिनिज बुक अफ द वल्र्डमा दर्ता गरिने गीतकार निपेश ढाकाले बताए। कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वातवरण सम्बद्र्धन र संरक्षणका लागि शुरू गरिएको यो अभियान उत्कृष्ट भएको चर्चा गरेकी थिइन्।