भूकम्पपीडितको प्रश्न किस्ता कहिले आउँछ ?

0
Shares

 

सन्तोष अधिकारी, गोरखा
२०७२ वैशाख १२ गते गएको विनाशकारी भएको गएको अहिले दुई वर्षभन्दा बढी भइसक्यो। गोरखा पुनर्निर्माण गति लिन सकेको छैन। अनुदानको पहिलो किस्ता ५० हजार रुपियाँ लिएर घर बनाउन शुरू गरेका गोरखा गुम्दाका कान्छा गुरुङले अहिले घर बनाइसक्दासमेत दोस्रो र किस्ता पाएका छैनन्। गाउँमा इन्जिनियर नहुँदा उनको किस्ताका लागि सिफारिस नभएको हो।

‘५० हजार बुझेर जग हाल्नेबित्तिकै दोस्रो किस्ता दिने भन्थ्यो’, उनले भने– ‘ऋण नै खोजेर भनेर नि मैले त घर नै बनाइसकें तै पनि दोस्रो तेस्रो किस्ता दिने सुर गर्दैन। घर हेरेर इन्जिनियरयले फाराम भरिदिनुपर्छ रे भन्छन् गाउँमा इन्जिनियर भए पो।’ सरकारले निजी आवास निर्माणमा ३ किस्तामा रकम दिने निर्णय गरे पनि कतिपय घरहरू निर्माण भइसक्दा पनि पीडितले दोस्रो किस्ताको रकम पाएको छैनन्।

कतिपय ठाउँमा अनुगमन गर्न इन्जिनियर नै पुगेका छैनन् भने इन्जिनियर पुगेका ठाउँमा पनि ज्यामीको सामान्य त्रुटिलाई कारण देखाउँदै सिफारिस नबनाइदिएको पीडितको गुनासो छ। निजी घर पुनर्निर्माणसम्बन्धी मापदण्ड प्राधिकरणले परिमार्जन गरेकाले अनुदान पाउनेको संख्या बढ्ने सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रोशन श्रेष्ठले बताए। ‘पहिलेभन्दा अलि खुकुलो खालको मापदण्ड आएको छ’ –उनले भने। स्थानीय तहका जनप्रतिनिधिले सर्वसाधारणका घर पुनर्निर्माण गर्न गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने प्रजिअ जितेन्द्र बस्नेतले बताए।

गुम्दाका कान्छा गुरुङको जस्तै पीडा छ घ्याच्चोकका वीरबहादुर गुरुङको पनि। ‘घर बनाइसकेर सोही घरमा बस्न थालेको चार महिना बितिसक्यो’, उनले भने– ‘तर पनि मैले पहिलो किस्ताबाहेक अरू पैसा कि पाइनँ मलाई नै थाहा छैन। ऋण काडेर घर बनाइयो साहुले माग्न थालिसक्यो। यता पैसा दिन शुरू गर्दैन।’