१७ वर्षपछि ऐश्वर्या र अनिलको केमेस्ट्री

0
Shares

 

बलिउड स्टारद्वय ऐश्वर्या राय बच्चन र अनिल कपूर झन्डै १७ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन्। आगामी फिल्म फन्ने खानमा फेरि एकपटक यी दुईको केमेस्ट्री देखिने भएको हो।

अनिल कपूरले आफ्नै ट्विटर खातामार्फत् जानकारी दिँदै ट्विट गरेका छन्। ‘यो एउटा नयाँ शुरुआत हो, जुन निकै खास पनि छ।’ सन् २००० को फिल्म हमारा दिल आपके पास हे र १९९९ को फिल्म तालमा यो जोडीलाई निकै रुचाइएको थियो।

यद्दपि यसअघि ऐश्वर्यासँगको प्रमुख भूमिकामा माधवन अथवा राजकुमार रावको नाम पनि नआएको होइन। अन्ततः अनिल कपूर नै रोजाइमा परेको भारतीय सञ्चार माध्यमले जनाएको छ। अतुल मन्ज्रेकारले निर्देशन गर्ने फिल्मलाई राकिश ओमप्रकाश मेहरा, क्रिअर्ज इन्टरटेनमेन्ट र टिसिरिजले संयुक्त रूपमा निर्माण गर्दै छन्।

फन्ने खान सन् २००० मा ओस्कार अवार्डको मनोनयनमा परेको फिल्म एभ्रिवडिज् फेमशको पुनर्निर्माण हो। आगामी २०१८ अप्रिल १३ मा रिलिजको मिति तोकिएको फिल्ममा ऐश्वर्या र अनिलको केमेस्ट्री दर्शकले कत्तिको रुचाउलान्, त्यो भने फिल्म रिलिजपछि नै थाहा हुनेछ।