सुशनको सांगीतिक इन्द्रेणी

0
Shares

 

गीतकार ‘दियालो’ सुशन माझी गीति अडियो एल्बम इन्दे्रणी लिएर आएका छन्। उनको सांगीतिक इन्द्रेणीलाई राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गीतकार डा. कृष्णहरि बरालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा संगीतकार संगीता रानालगायतका अतिथिले उनलाई बधाई तथा शुभकामना दिएका थिए।

देशबाहिर बस्दै आएका शुसन माझीको यो पहिलो गीति एल्बम हो। एल्बमभित्र सुनकेशरी रानी, चाड नै हो तिम्रो माया, तिमीसँगै चोखो माया, इन्दे्रणीको बाटो हुँदै, सोल्टिनी, मेरो मुटु मेरो धडकन, ताराहरु माझजस्ता सात गीत संगृहित छन्। मेलिना राई, ताराप्रकाश लिम्बू, धर्मेन्द्र सेवा, राजेशपायल राई, रामबाबु राईको स्वरमा सजिएका यी गीतमा सुरश अधिकारी, ताराप्रकाश लिम्बू, उत्तमजंग लिम्बू, अम्बर तुम्बापो सेवा, रामबाबु राई र राईमान राईको सङ्गीत रहेको छ। एल्बम युथ क्रिएसनले बजारमा ल्याएको हो।