सल्यानका जिशिअले ११ लाख भ्रष्टाचार गरे, खान नपाएकाबाट यसरी फुस्कियो कुरा (प्रमाण सहित)



सरिता चलाउने, सल्यान ।  शुक्रबार दिउसो ३ बजे पत्रकारहरुलाई जिल्ला शिक्षा कार्यालय सल्यानमा बोलाइयो । जहाँ जिल्लामा आगामी भाद्र २३ गते हुने शिक्षा दिवसलाई कसरी मनाउने भन्ने विषयमा बैठक शुरु हुदै थियो । त्यहाँ जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था र पत्रकारहरु थिए ।
जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले बैठक शुरु गर्नै लाग्दा सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थीले जिल्ला शिक्षा कार्यालयमा विभिन्न प्रकारका  अनियमितता भएको खुलाए । आफुलाई काममा नखटाएको आरोप लगाएका उनले एक दर्जन शिर्षकमा अनियमितता भएको आरोप लगाउदै आफुले तयार पारेको एउटा पत्र उपस्थित पत्रकार लगायत सबैलाई वितरण गरे ।
उक्त पत्रमा जिशिअ र योजना तथा कार्यक्रम शाखाका प्रमुखले गत आर्थिक बर्षमा ११ लाख बराबरको अनियमितता गरेको आरोप लगाएका थिए । उनिहरुका विचमा तल्लो स्तरमा पुगेर भनाभन भएको थियो । जिल्ला शिक्षा अधिकारी देविप्रसाद सुवेदीलाई पार्टीको सिफारिसमा लाखौं रकम खुवाएर जिशिअ भएको आरोप लगाएका सहायक जिल्ला शिक्षा अधिकारीलाई कामचोर, पैसाको पछि लाग्ने, आफुले नपाएर प्राविधिक कुरा उठाएको आरोप लाग्यो ।

जिशिअ स्तर कै उपसचिव भएको भन्दै आफुलाई जिल्ला शिक्षाको कुनै पनि जिम्मेवारी नदिएको देखि आफु भैरहेको योजना तथा कार्यक्रम शाखा प्रमुखमा विद्यालय निरिक्षक तिलक पौडेललाई जिम्मेवारी दिएको भन्दै सहायक जिशिअले जिशिअको काम गर्ने कामबाट कार्यालयका कर्मचारी रुष्ट भएको बताएका थिए ।  अरुले जिल्ला शिक्षा कार्यालयमा आफुले भने अनुसारको कामगर्न नसकेकाले तिलक पौडेललाई जिम्मेवारी दिएको भन्दै जिशिअले चैत्रमा पौडेल नआएका भए गत बर्ष जिल्ला शिक्षा कार्यालको काम शुन्य हुन्थ्यो भनेर आफुले सहायक जिशिअको स्थानमा राखेका कर्मचारीको बचाउ गरेका थिए ।

उक्त बैठकमा आएका जिल्लाका वौद्धिक मानिने विद्यालयका प्रधानाध्याक र सहभागिहरुले उनिहरुका गतिविधिलाई कार्यालयको स्टाफ बैठकमा राखेर सल्ट्याउनुपर्ने कुरा राख्दा सहायक जिशिअ दिनानाथले कार्यालयको बैठक जिल्ला शिक्षा अधिकारीले नराखेर आफ्नो मनोमानि तरिकाले काम गरेको आरोप लगाएका थिए ।
जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले लेखापालको परिवारमा बच्चा विरामी भएकाले अहिले देखाउन नसकिने केहिदिनमा सबै विवरण सार्वजनिक गर्ने जनाइरहदा सहायक जिशिअले तत्काल सार्वजनिक गर्नुपर्ने अडान लिएका थिए । यस विषयमा शनिबार नै छलफल गर्ने कुराकानी भयो ।  जिल्लाका लागि आएको रकम कसैले पनि दुरुपयोग गर्न नहुने भन्दै सहायक जिशिअले जिल्ला शिक्षा कार्यालयका कामहरु पारदर्शी नभएको भनेका थिए । एउटा जिल्ला शिक्षा अधिकारीले विनि तथा कर्मचारीको अनुगमन भत्ता बाट समेत ४० प्रतिशत रकम माग गरेको भन्दै उनले जिल्ला शिक्षा अधिकारीको कामबाट कर्मचारीहरु वाक्क भएको बताएका थिए । त्यसको उत्तरमा सहायक जिल्ला शिक्षा अधिकारीको कार्यालयमा कुनै काम नै नभएको अनी अन्य कर्मचारीकै माग अनुसार काम गराइरहेको बताएका थिए ।
को पारदर्शी छ त्यसको उत्तर त खाद्य शिक्षाको कार्यक्रम देखिको वेरुजुको कुरा अहिले सम्म हेर्दा थाहा हुने भन्दै सहायक जिल्ला जिल्ला शिक्षा अधिकारी पन्थीका पुराना कुराको बारेमा पनि जिल्ला शिक्षा अधिकारी सुवेदीले खोतलेका थिए । विवादका क्रममा जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारीले कर्मचारीका बारेमा पनि पोल खोलाखोल गरेका थिए ।
सहायक जिशिअले बाँडेको पत्र यस्तो थियो

प्रतिक्रिया दिनुहोस्