आयोगको सहमतिमा नै प्रमबाट पुल शिलान्याश

0
Shares

काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर जिल्लास्थित महाकाली नदीमाथि निर्माण गर्न लागिएको पुलको शिलान्यास गर्न सहमति दिएको जनाएको छ ।

आयोगमा निर्वाचन आचारसंहिता हेर्ने सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले प्रधानमन्त्री देउवाले पुल शिलान्यास गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भई आएकाले सहमति प्रदान गरिएको जानकारी दिनुभयो । रासस