औषधी सहितको स्वास्थ्यकर्मीको टोली भाईरल प्रभावित क्षेत्रमा पठाइयो

0
Shares

दिपेन्द्र शर्मा, जाजरकोट । जाजरकोटको दुर्गम गाँउमा भाइरलका कारण थला परेका विरामीहरुको उपचारका लागी औषधी सहित स्वास्थ्यकर्मीहरुको एक टोली पठाइएको छ । जिल्लाको पुर्वि भेगका अधिकांश ग्रामीण क्षेत्रमा फैलिएको भाइरलका कारण बिरामी परेका नागरिकका लागी आबश्यक १ गाडी औषधी तथा डाक्टर सहित स्वास्थ्यकर्मीहरुको टोली विहिवार त्यस तर्फ पठाइएको हो ।

जिल्लाका त्रिवेणी नलगाड नगरपालीका ५ मा वढी संक्रमण भएका कारण तत्काल औषधीसहित डाक्टरको टोली त्यस तर्फ पठाइएको जाजरकोट अस्पतालका डा भूपेन्द्र मल्लले बताए । “स्वास्थ्यकर्मीहरुको टोली लाई तत्काल नलगाड नगरपालीकाको ५ भण्डारीगाउँ, मुली ,पोख्रा लगाएका गाउँमा पठाइएको छ ,टोली भोली विहान सम्म पुग्छ , र उपचार शुरु हुन्छ ” उनले भने । भाइरल फैलिएको गाँउमा जाने वाटो विकट भएका कारण समयमा पुग्न समस्या भएको मल्लले वताए । पहिलो चरणमा अत्यआवश्यकिय सेवा दिने र अवस्था हेरेर थप सेवा उपलव्ध गराउने डाक्टर मल्लले जानकारी दिए ।

नलगाड नगरपालीका र बारेकोट गाउँपालिकाका प्राय सबै वडाका भाइरलका बिरामी रहेकोले स्थानीय वासीले तत्काल जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट संग औषधी सहित डाक्टरको टोली पठाउन माग गरेका थिए । स्वास्थ्य संस्था टाढा भएकोले विरामी लाई उपचारका लागी ल्याउन नसक्दा गाँउमा समस्या भएको नेपाली काग्रेश जाजरकोटका नेता छवि पन्तले वताए । भाइरल वाट सवै भन्दा वढि बालबालिका र वृद्ध बिरामी भएको पन्तले वताए । गाँउका सबै स्वास्थ्य संस्थामा दैनिक जसो ६० जना सम्म बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीहरुले वताएका छन ।