दिक्तेलबजारमा मापदण्ड बिनाका औषधि पसल सञ्चालन

0
Shares

नेपाल समाचारपत्र, खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलबजारमा सञ्चालिनत कतिपय औषधि पसलहरु मापदण्ड बिपरित पाईएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी संयोजकत्वको अनुगमन समितिले बुधबार गरेको अनुगमनका क्रममा कतिपय फार्मेसी, डेन्टल र भेटेनरी औषधि पसल मापदण्ड बिनाको पाईएको हो ।

औषधि पसल दर्ता तथा नियमित नबिकरण गरे÷नगरेको, औषधिलाई सुरक्षित तरिकाले भण्डारण गरे÷नगरेको, म्याद नाघेको औषधिको अवस्था, औषधिको मूल्य सूचि लगायतका विषयमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ । अनुगमन समितिले दिक्तेलका ६ वटा फार्मेसी, २ वटा भेटेनरी र १ वटा डेन्टल पसल अनुगमन गरी मापदण्ड पुरा गरैर मात्र सञ्चालन गर्न निर्देशन दिनुभयो ।