अमेरीकी टिभी स्टार किम कार्डसियनलाई न्युड फोटो सुटको लालसाले सताएको छ। उनले न्युड फोटो सुट गर्ने लालसा प्रकट गरेकी छिन्।
किमले सन्तानलाई जन्म दिइसकेपछि आफ्नो शारीरिक सौन्दर्य प्रदर्शन गर्नका लागि नग्न फोटोसुट गराउन चाहेको एजेन्सीलाई बताएकी छिन्। एक अनलाइनले जनाएअनुसार सन्तुलित र कडा डाइटको फलो गरेपछि उनी अब न्युड फोटोसुट गर्ने तयारीमा छिन्। समाचारमा जनाइएअनुसार ३६ वर्षीया उनले भनेकी छिन्– ‘यो मेरो सपना हो कि मानिसहरुलाई थाहा होस् कि आमा बनेपछि पनि म कति फिट छु। किनभने यदि तपाईं कडा मेहनत गर्नुहुन्छ भने यो पनि चाहनुहुन्छ कि मानिसहरु तपाईंमा आएको परिवर्तनका बारेमा थाहा पाऊन्। मैले यस बारेमा कहिल्यै पनि सोचेको थिइनँ। अब म भन्न सक्छु कि म निश्चित रुपमा न्युड फोटोसुट गराउँछु।’
किमले कुराकानीका क्रममा आफ्नो कान्छी बहिनी काईंली जेनरदेखि जल्ने गरेको खबरको भने खण्डन गरेकी छिन्। ‘हामी दुवैलाई मेकअप गर्न मन पर्छ र दुवैबीच कुनै प्रतिद्वन्द्विता छैन’ –किमले भनेकी छिन्।











प्रतिक्रिया