अमेरिकामा नेपाली महिला सेलिब्रेटीको कन्सर्ट

0
Shares

 

अमेरिकाका विभिन्न राज्यमा नेपाल महिला सेलिब्रेटीहरु वुमन इन्ट कन्सर्ट युएस टुर २०१७ मा प्रस्तुत हुने भएका छन्।

अमेरिकाका विभिन्न राज्यमा हुने वुमन इन्ट कन्सर्ट युएस टुर २०१७ मा महिलाहरुको लोकप्रिय सांगीतिक समूह अभया एन्ड द स्टिम इन्जुन्स ब्यान्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशी प्रस्तुत हुनेछन्। आगामी सेप्टेम्बरदेखि अगस्ट २९ सम्म अमेरिकाका विभिन्न राज्यमा हुने यो कन्सर्टका लागि आयोजक भिन्तुना इन्टरनसनलअन्र्तगतको थ्रीई इन्टरटेनमेन्टका निर्देशक रोशन पुरी तथा अभया एन्ड द स्टीम इन्जुन्स ब्यान्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताबमोजिम अभया एन्ड द स्टिम इन्जुन्स ब्यान्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीले १ महिनाभन्दा बढी समयसम्म अमेरिका बसेर सान फ्रान्सिस्को, लस एञ्लस, क्लेभेल्यान्ड, इन्डियाना पोलिस, डालास, होसटन, वासिङ्टन डिसी, रालिघ, न्युयोर्क, बोस्टनजस्ता अमेरिकी राज्यमा आफ्ना प्रस्तुति प्रस्तुत गर्ने पुरीले जानकारी गराए। उनीहरुले कन्सर्टमा विभिन्न गीत संगीत र मनोरञ्जक प्रस्तुति प्रस्तुत गर्ने पुरीले बताए।