अमृता र विक्रम मोडल हन्ट नेपाल

0
Shares

 

राजधानीको बालुवाटारकी २१ वर्षीय अमृता अधिकारी र जनपुरका १८ वर्षीया विक्रम आदित्य महासेठ मोडल हन्ट नेपाल २०१७ चुनिएका छन्।

शनिबार अबेर राति सोल्टी क्राउन प्लाजामा सम्पन्न अन्तिम स्पर्धामा विक्रम पुरुषतर्फ र अमृता महिलातर्फको विजेता भएका हुन्। अमृताले मस्ट फोटोजेनिक र सुपर मोडलको समेत उपाधि हासिल गर्दा विक्रम सुपर मोडलसमेत चुनिए।

दुवै विजेताले विभिन्न उपहारका साथमा नगद १ लाख रुपियाँका साथमा अमेरिकामा हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा विशेष प्रस्तुतिको अवसर प्राप्त गर्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ लक्की खड्गी र रमेशकुमार चौधरी तथा महिलातर्फ सिमरन खड्का र एकता कुँवर क्रमशः फस्ट र सेकेन्ड रनर्सअप भए। नेक्टी मोडल्स् नेपालद्वारा आयोजित प्रतियोगितामा प्रशान्त ताम्राकार, रविना देशराज श्रेष्ठ, राजभाइ सुवाल, पूर्वमिस नेपाल उषा खड्गी, मिलन एचआर राई निर्णायक थिए। प्रतियोगितामा पुरुषतर्फ सन्तोष घिमिरे बेस्ट पर्सनालिटी, सुरज पन्त बेस्ट फिजिक्स, सजल केसी मस्ट फोटोजेनिक, लक्की खड्गी मस्ट स्टाइलिस्ट, विनायकराज पोखरेल मेस्ट चार्मिङ, नीलकुमार राई मस्ट डिसिप्लेन, विधान प्रदान मस्ट कन्जिनियालिटी, शिव वाग्ले कर्मसियल मोडल, सुमन श्रीपाल सोसल रेस्पोन्सिवल, नेसनजङ मल्ल पब्लिक च्वाइस, अनमोल श्रेष्ठ मस्ट पपुलर, प्रज्वल श्रेष्ठ बेस्ट वाक भए। त्यसै गरी महिलातर्फ साहिमा श्रेष्ठ बेस्ट पर्सनालिटी, अम्बिका अधिकारी मस्ट फोटोजेनिक, गंगा लामा मस्ट स्टाइलिस्ट, अञ्जली लुइँटेल मस्ट चार्मिङ, यासा श्रेष्ठ मस्ट डिसिप्लेन, मयुस श्रेष्ठ मस्ट कन्जिनियालटी, एकता कुँवर कर्मसियल मोडल, अर्निका राजभण्डारी सोसल रेस्पोन्सिवल, सगुन अर्याल पब्लिक च्वाइस, बेस्ट फिगर र मस्ट पपुलर, सिमरन खड्का बेस्ट वाकको उपउपाधि चुम्न सफल भए।

कार्यक्रममा अभिनेतृ प्रियंका कार्की, सिर्जना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो स्टपरको रूपमा रहेका थिए भने चार दर्जन बढी मोडलले विभिन्न आकर्षक परिनका डिजाइनहरू क्याटवाकमार्फत् र्याम्पमा उत्रिएका थिए।