रणवीर अनुभव दीपिका राम्रो किसर

0
Shares

 

बलिउडमा रणवीर सिंह र दीपिका पादुकोणलाई सबैभन्दा चर्चित र हट जोडीको रूपमा लिइन्छ। अहिले यो जोडीको एउटा फोटोले बलिउड नै तातेको छ, जुन फोटोमा यी दुईलाई चुम्बन गर्दै प्रेम सटासाट गरिरहेको अवस्थामा देख्न सकिन्छ।
उक्त फोटोले ट्विटरमा धमाका नै मच्चाएको छ। खासमा रणवीर र दीपिकाको एक फ्यानले उक्त फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। वास्तवमा रणवीर र दीपिकाले उक्त फोटो भोग म्यागेजिनका लागि खिचाएका थिए।

यसअघि बलिउड सुन्दरी नेहा धुपियाको शो नो फिल्टर नेहामा रणवीरले दीपिका एक राम्रो किसर भएको बताएका थिए। रणवीरले यस्तो बोल्ड र सनसनीपूर्ण खुलासा गरेपछि उनीहरुकै एक फ्यानले रणवीर र दीपिकाको उक्त बोल्ड फोटो पोस्ट गरेका हुन्। अहिले उक्त फोटोलाई लिएर दीपिका र रणवीरलाई ह्यासट्याग गर्दै प्रतिक्रिया जनाउनेको संख्यामा वृद्धि आएको छ। गोलियों कि रासलीलाः रामलीला र बाजिराव मस्तानीमा सँगै देखिएको जोडी फिल्म पद्मावतीमा पनि एकसाथ देखिँदै छ।