युवती बिक्रि गरेको अभियोगमा एक जना पक्राउ

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । नुवाकोट जिल्ला खरानिटार वडा नम्बर ५ का निरकुमार नेपालीलाई दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ की १८ वर्षिया युवतीलाई भारतमा बिक्रि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

अभियुक्त निरकुमारले २०७२ साल साउन ३ गते ती युवतीलाई बिहे गरी काठमाण्डौँमा राख्छु भन्दै विभिन्न प्रलोभनमा पारी नाताले दिदी पर्ने सीता नेपालीको सहयोगमा दिल्ली स्थित मजनुकातिलामा लगेर बिक्रि गरेका थिए । निरकुमारले युवतीलाई नेपाली भाषि लक्ष्मी तमाङलाई १ लाख ३५ हजार भारुमा बिक्रि गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो । पीडित युवती ०७३ जेठ २० गते भारत स्थित नेपाली राजदुताबासको सहयोगमा नेपाल फर्केपछि रितपूर्वक जाहेरी परेको थियो ।

प्राप्त जाहेरीको आधारमा प्रहरीले सीता नेपालीलाई तत्काल पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अभियुक्त सीता नेपाली अहिले पुर्पक्षको लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

 

निरकुमार नेपालीलाई काठमाण्डौँको महाराजगञ्ज प्रहरी टोलीले पक्राउ गरी शुक्रवार जिल्ला प्रहरी कार्यालय दोलखालाई बुझाए पछि थप अनुसन्धन सुरु गरिएकोे प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।