५० वटा गाई र भैंसीलाई सुत्केरी भत्ता

0
Shares

नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा ५० वटा गाई र भैंसीलाई सुत्केरी भत्ता दिइएको छ । जिल्ला पशु सेवा कार्यालयले ती गाई–भैंसीलाई दुई हजार पाँचसय रुपैयाँका दरले सुत्केरी भत्ता दिएको हो ।

आर्थिक वर्ष २०७३÷७४ को कार्यक्रम अनुसार जिल्लामा पहिलोपटक ५० वटा गाई–भैंसीले यस्तो सुविधा दिइएको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक नारायण कुशुमले बताउनु भयो । उहाँका अनुसार सुत्केरी पशुको स्याहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको हो । आफ्नै गोठमा उन्नत नश्लका बाच्छी तथा पाडी उत्पादन गरी पहिलो पटक ब्याएको गाई र भैंसीलाई प्रोत्साहन स्वरुप सुुत्केरी भत्ता दिइएको उहाँले बताउनुभयो ।

सहयोग गरिएको रकमबाट सुत्केरी भएका गाई–भैंसीलाई पशु धनी किसानले पौष्टिक आहारा खुवाउन प्रयोग गर्नुपर्ने छ । आवश्यक मात्रामा क्याल्सियम लगायत पौष्टिक आहारा खुवाउन नसक्दा साल र बच्चा अड्किने, गाई–भैंसी सुत्के।री हुन नसकी मर्ने तथा किसानको लगानी खेरजाने समस्या देखिएकोले त्यस्तो समस्याको समाधानका लागि भत्ताको प्रवन्ध गरिएको हो ।