फिल्ममा नालापानी

0
Shares

 

ऐतिहासिक कथामा आधारित फिल्म नालापानी बन्ने भएको छ। देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर फिल्म निर्माण गर्न लागिएको हो।

राजधानीमा शुक्रबार पत्रकार भेटघाटमा २ सय ३ वर्ष पहिलाको इतिहासलाई पर्दामा देखाउन लागिएको फिल्मका निर्माता रिमेश अधिकारीले बताए।

पद्माकुमारी फिल्म्स् प्रालिको ब्यानरबाट पूर्वप्राचार्य रामराज कुँवर (वीर बलभद्र कुँवरः ऐतिहासिक पुस्तक) लाई आधार मानेर बनाउन फिल्ममा अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिं दर्नाल, विकेश श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, इशान बिजु, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापालगायतका कलाकारले अभिनय गर्नेछन्।
फिल्ममा किशोर नेपालको निर्देशन, आशिष रेग्मीको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ।