बलिउडमा प्रशंसकबाट अर्को दुव्र्यवहार

0
Shares

 

बलिउडमा महिला कलाकारहरू सार्वजनिक स्थानमा कति सुरक्षित छन् भन्ने प्रश्न बारम्बार उठ्ने गर्दछ। यद्यपि बेला–बखत सुटिङ स्थलमा पनि महिला कलाकारहरू दुव्र्यवहारको शिकार भएको खबर भने नआउने होइन।

कतिपय अवस्थामा त महिला कलाकारहरूमाथि हातपातको अवस्था नै सिर्जना हुने गरेको छ। यसको पछाडि उनीहरूले लगाउने पहिरनलाई प्रमुख कारण भनिँदै आएको छ। पछिल्लोपटक बलिउड अभिनेत्री इलियाना डिक्रुजमाथि पुरुष समर्थकले दुव्र्यवहार गरेको घटनाले महिला कलाकारहरूको सुरक्षालाई लिएर सोच्ने बेला आएको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्।

आफ्नो फिल्म बादशाहोको प्रचारका क्रममा उनीमाथि पुरुष समर्थकले दुव्र्यवहार गरेका हुन्। आगामी सेप्टेम्बर १ मा रिलिजको मिति तय भएको फिल्ममा इलियानाको अलावा अजय देवगण, इमरान हासमी, इशा गुप्ता आदिलाई प्रमुख भूमिकामा देख्न सकिन्छ।

इलियानाले पनि लगत्तै सामाजिक सञ्जालअन्तर्गत ट्वीटरमार्फत् उक्त घटनालाई लिएर रिस पोखेकी छिन्। ‘म एक पब्लिक फिगर हुँ र मसँग व्यक्तिगत जीवनको गोप्यता नहुन सक्छ। तर म सेलिब्रेटी भएकै कारण ममाथि दुव्र्यवहार गर्ने अधिकार भने कसैलाई छैन’ –उनले ट्वीट गरेकी छिन्।

यद्यपि यो घटना बलिउड फिल्म उद्योगमा नयाँ भने होइन। यसअघि अभिनेतृहरू विद्या बालन र स्वरा भाष्करले आफूहरू पनि पुरुष समर्थकहरूको गलत नियत र आचरणको शिकार भएको तीतो यथार्थ सेयर गरिसकेका छन्।