भारतमा डेरा प्रमुख रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा 22 को मृत्यु


 

पाँचकुला (भारत), ९ भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास तथा हवाई फाएर गरेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्तीमा 22 जनाको मृत्यु भएको छ । यद्यपि मृतकको सङ्ख्या विभिन्न समाचार माध्यमले फरक फरक रहेको जनाएका छन् ।

हजारौँको सङ्ख्यामा सडकमा निस्किएका प्रदर्शनकारीले अन्धाधुन्ध सञ्चारमाध्यमका गाडी तथा प्रहरीमाथि ढुङ्गा हानेपछि भएको सुरक्षा कारबाहीमा पाँच जनाको मृत्यभएको हरियाणा पाँचकुलास्थित नागरिक अस्पतालले जनाएको छ । घटनामा करिब एक सय व्यक्ति घाइते भएका बताइएको छ ।

शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको प्रदर्शनकारीले जनाएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रण बाहिर जान नदिन पानीका फोहरा, अश्रुग्याँस तथा हवाई फाएर समेत गरेको बताएको छ ।

प्रदर्शनकारीले भने जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दावी गरेका छन् ।

सिएनएन न्युज १८ टेलिभिजनका सम्वाददाताले दर्जनौ घाइतेलाइ पाँचकुला अस्पताल ल्याइएको जनाएका छन् ।
‘डेरा सच्चा सौदा’ प्रमुखलाई दोषी ठहर गर्नेवित्तिकै ठूलो सङ्ख्यामा महिलासहित आएको भीडले प्रहरीको सुरक्षा घेरा तोड्दै तोडफोड गर्दै अघि बढेको थियो ।

सिबिआईका न्यायधिस जगदीप सिंहले ५०–बर्षीय डेरा प्रमुखले बलात्कार गरेकोमा शुक्रकार दोषी ठहर गरेको भन्दै आगामी अगस्ट २८ गते उनमाथि सजाँय सुनाइने बताउनुभएको छ । उहाँले डेरा प्रमुख रहीमलाई सात बर्षदेखि आजिवन कैद हुनसक्ने बताउनुभयो ।