ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
Shares

 

सुरुङ्गा (झापा), ९ भदौ । कमल गाउँपालिका–३, सानो केर्खामा ट्रयाक्टरको ठक्करबाट आज अपराह्न मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार ना ४ त ८७०१ नंको ट्रयाक्टरको ठक्करबाट को ९ प १३८७ नंको मोटरसाइकलमा सवार शिवशताक्षी नगरपालिका– ६ का रामबहादुर शंकरको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शंकर गम्भीर घाइते भएकामा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस