प्रधानन्यायाधिसलाई नगरबासीद्धारा नागरिक अभिनन्दन

0
Shares

नेपाल समाचारपत्र, नवलपरासी । प्रधान न्यायाधिस गोपाल पराजुलीले न्यायपालिका र सञ्चार वीच अन्योन्यास्रित सम्बन्ध रहेको बताउनु भएको छ ।
स्थानीय स्टार टेलिभिजनको उद्घाटनका लागि नवलपुर स्थित गृहनगर कावासोती आउनु भएका पराजुलीले शुक्रबार सो कुरा बताउनु भएको हो ।
प्रधान न्यायाधिस पराजुलीले न्यायपालिकाको सफलतामा संचारको अहम भूमिका रहने कुरामा जोड दिनु भयो ।
सोही अवसरमा कावासोती नगरपालिका लगाएत यहांका विभिन्न संघ संस्थाले वहां प्रति नागरिक अभिनन्दन गरेका थिए ।
नागरिक अभिनन्दनका क्रममा बोल्दै पराजुलीले बर्तमान संविधानमा जनताका लागि प्रशस्त मौलिक अधिकारको प्रत्याभुती गरेको हुंदा सो अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन निमार्ण गर्नुपर्ने बताउनु भयो ।
साथै पराजुलीले सोही विषयमा जोड दिदै राज्य अहिले आवश्यक कानुन निमार्णको चरणमा रहेकाले जनताले छिट्टै नयां संविधानको प्रभावकारी अनुभुती गर्न पाउने बताउनुभयो ।
पराजुलीलाई कावासोती नगरपालिका प्रमुख चन्दाकुमारी पुनले नगरबासीको तर्फबाट अभिनन्दन गर्नुभएको थियो । उहांलाई नवलपरासीका एक दर्जन भन्दा बढी संघसंस्थाले अभिनन्दन गरेका थिए ।
अभिनन्दनका क्रममा न्यायाधिस पराजुलीलाई हात्तीमा चढाएर कावासोती नगर परिक्रमा गराईएको थियो ।