राजपाको निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

0
Shares

 

काठमाडौँ, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय निर्वाचन प्रयोजनका निम्ति आज छ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सिपी सिंह र कौशलेन्द्र मिश्र रहनुभएको छ ।

समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेश गर्ने समयावधि रहेको समितिका सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँले समितिको बैठक आजैबाट बसी घोषणापत्रको काम शुरु गरिने बताउनुभयो ।

राजपाले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनमा जाने घोषणा गरेको भोलिपल्ट आज निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । रासस