ताप्लेजुङ चढ्यो केटिएम बाईक, सो–रुपमको उद्धघाटन

0
Shares

रविन भट्टराई, ताप्लेजुङ
पुर्वि पहाडि जिल्ला ताप्लेजुङमा पनि केटिएम ब्रान्डको मोटरसाइकलको आधिकारीक विक्रि सुरु भएको छ । पाथिभरा अटो सेन्टरले जिल्लाबाटनै विक्रि वितरणको लागि कम्पनिबाट अधिकारीकता पाएपछि यसो औपचारीक बिक्रि सुरु भएको हो ।

शुक्रबार सो–रुमको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जोसीले औपचारीक उद्धघाटन गर्नुभएको छ । महँगो बाईकमा गनिने केटिएम बाईक प्रति जिल्लाका युवाको आकर्षण बढेकाले ताप्लेजुङमानै सो–रुपमको स्थापना गरी बिक्रि सुरु गरीएको सञ्चालक सञ्जय पतंवाले जानकारी दिनुभयो ।

केटीएम बाइक अस्ट्रियामा बनेको र युरोपमा प्रचलित स्पोर्ट बाइक हो । केटीएम बाइकको विभिन्न थरीका मोटरसाइकल मध्ये केटीएम डुक २०० सीसी क्षमताको बाइक नेपाली बजारमा प्रचलित छ ।

उच्च रेसिङ क्षमता भएको बाइकमा उच्च प्रविधियुक्त अल्ट्रा कम्प्याक्ट, वाटर कुल्ड, सिंगल सिलिन्डर, फोर स्टक इन्जिन लगायतका सुविधा उपलब्ध रहेको सञ्चालक पतंवाले बताउनुभयो ।

साथै यसमा २५ एचपी पावर उत्पादन, तीन चेम्बर साइलेन्सर, अल्ट्रालाइट ट्युबलर स्पेस फ्रेम, स्टेट अफ द आटइन्जेक्सन इलेक्ट्रोनिक्स, ४३ एमएम अप स्लाइड डाउन हुने फ्रोग, डब्लू पी सस्पेन्सन्स र इलिगेन्ट लाइट सुविधा छन् । एलो सुइङ आर्मले आरामदायी र रमाइलो यात्रा अनभव दिने उहाँको दाबी रहेको छ ।

पाथिभर अटोले यस अघि पनि ताप्लेजुङमा पहिलोपटक बजाज सो–रुम स्थापना गरी सो कम्पनिका विभिन्न मोटरसाईकलको विक्रि वितरण गर्दै आएको थियो ।