समस्या देखाउने मात्र होइन समाधान गर्न मन्त्री श्रेष्ठको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले अध्ययगमन विभागका कर्मचारीहरुलाई समस्या देखाउने भन्दा पनि समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । अध्ययगमन विभागमा रहेका नीतिगत समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताउदै उनले हाल भएका नीतिहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वय गरेर काम गर्न निर्देशन दिएका हुन् ।

विहिवार अध्ययगमन विभागको अनुगमन गर्दै मन्त्री श्रेष्ठले विभागमा रहेका त्रुटी सच्याउन सरकार तयार रहेको बताउदै जटिलताहरु समाधान गर्न कर्मचारीको सुझाव समेत माग्नु भएको थियो । अध्ययगमन विभागको दायरा फराकिलो भएकाले विभागले परम्परागत ढंगबाट भन्दा पनि विज्ञान र प्रविधिको प्रयोग गरेर सहज रुपमा सेवा सुविधा उपलब्न गराउनु निर्देशन दिए । मन्त्री श्रेष्ठले भने,‘नेपालमा भित्रिएकाहरुलाई पर्यटक मात्र बुझ्नले चलन छ, सबै पर्यटक हुन्छन भन्ने छैन, यो विषयमा विभाग चनाखो हुनुपर्छ ।’ सरकार नीतिगत रुपमा रहेका जटिलता सच्याउन तयार छ, नीतिगत व्यवस्था गरेपछि कार्यान्वयन गर्न पनि उतिकै ध्यान दिनुपर्छ, उनले भने । भएको नीतिलाई पनि व्यवहारिक रुपमा कार्यान्वयन नहुँदा फिलतो हुने गरेको बताउदै प्रविधिको विकाससँग अहिले गर्न नसकिने केही पनि नगरेको भन्दै कर्मचारीको ध्यानाकर्षण गरेका थिए ।

‘आर्थिक समस्या छ भनेर काम नै नगरी त भएन,योजना र कार्यान्वयन हुनुपर्छ’,मन्त्री श्रेष्ठले भने,‘राजनीतिक रुपमा कुरा चर्को गरी राख्ने, जे पनि गर्छु भन्ने एउटा चलन छ, म थोरै बोल्ने र काम गरेर देखाउने संस्कृतिको विकास गर्ने पक्षमा छु ।’
अध्ययगमन नीति आवश्यक भएको बारेमा मन्त्रालय जानकार रहेको बताउदै अध्ययगमन नीति भन्दा पनि सबै समस्यामाथि विषगत रुपमा छलफल गरेर ऐनकै व्यवस्था गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
अध्ययगम विभागका महानिर्देशक दिपक काफ्ले नीतिगत समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले पर्यटक भिषको बारेमा रहेको अन्यौल्ता हटाउनको लागि कानुनमा नै व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।