धुर्मुश–सुन्तली अझै बाढी पिडितसँगै 

0
Shares

शिवहरि प्रसाद भट्टराई, राजविराज । बाढीले सप्तरीको जनजीवन तहसनहस बनाएपछि विभिन्न संघ संस्थाहरु तिव्रताका साथ राहत कार्यमा जुटेका छन् । यसै क्रममा विहिवार धुर्मुश–सुन्तली फाउण्डेशनले यहाँका ६० जना अपाङ्गहरुलाई विभिन्न राहत सामाग्री वितरण गरेको छ ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुश’ ले बाहिरी, वौद्धिक र शारीरिक अपाङ्ग गरी ६० जनालाई ३० किलो चालम, २ किलो दाल, १÷१ लिटर खाने तेल र नुन, एक कार्टुन चाउचाउ, एक दर्जन विस्कुट, मसाला वितरण गर्नुभएको छ । यसैगरी औछ्याउने म्याट, डस्ना, सिरक, झुल, तन्ना र त्रिपाल समेत वितरण गर्नुभएको छ ।

वौद्धिक अपाङ्गता अभिभावक संघ र समावेशी अपाङ्ग संघ सप्तरीसँग समन्वय गरी उक्त सामाग्री वितरण गरिएको धुर्मुश–सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । जिल्लामा करिब ९ हजार अपाङ्गता भएका व्यक्तिहरुले प्रमाण पत्र लिएतापनि बाढी प्रभावित क्षेत्रबाट रातो कार्ड पाएका अपाङ्गहरुलाई राहत सामाग्री वितरण गरिएको वौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदिश अर्यालले बताउनुभयो ।