फेरी पराकम्प !

0
Shares

काठमाडौं, (नेस) ।
विहीवार अपरान्ह्र सिन्धुपाल्चोक र तिब्बत आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । अपरान्ह्र ४ बजेर २५ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सो कम्प गोरखाको वारपाक केन्द्रविन्दू भएर २ वर्ष अघि गएको महाभूकम्पपछिको पराकम्प भएको केन्द्रका अधिकारीले बताए । पराकम्पको केन्द्रविन्दू नेपाल–तिब्बतको सीमा क्षेत्रमा रहेको र त्यसको कम्पन सिन्धुपाल्चोक र आसपासका जिल्लामा समेत प्रष्ट रुपमा महशुस गरिएको केन्द्रका भूकम्पविद् ठाकुर प्रसाद कँडेलले बताउनुभयो ।
यही सोमबार पनि दोलखा केन्द्रविन्दू भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको थियो । वारपाक केन्द्रविन्दू भएर भूकम्प गएपश्चात विहीवार सहित ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ८६ पराकम्प दोहोरिएको केन्द्रको तथ्यांक छ ।