शीतलको नमुना जोडी

0
Shares

 

गुल्मी, (नेस)। गायिका शीतल शर्माको नयाँ तीज गीति अडियो एल्बम सार्वजनिक भएको छ। गत वर्षको तीज पर्वमा जस्तै यस वर्षको तीज पर्वलाई मध्यनजर राखेर गायिका शर्माले नमुना जोडी नाममा तीज गीत अडियो एल्बम सार्वजनिक गरेकी हुन्।

सांगीतिक कोसेली पानी जहाजबाट चर्चामा आएकी गायिका शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोसेली सार्वजनिक गरेकी हुन्।

राजेन्द्र भण्डारीको शब्द र पुरुषोतम गैरेको लय रहेको गीतमा शीतल शर्मा र पुरुषोत्तम गैरेको स्वर रहेको छ। आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्दहरूले भरिएको छ। माया प्रेममा आधारित भावना रहेका गीतमा दुई जोडी नमुना बनम भन्ने मुख्य भाव रहेको गायिका शर्माले बताइन्। दुई प्रेमीका बीचको जोडी नमुना बनम भन्ने मुख्य भाव गीतमा रहेको छ।

विन्ध्यवासिनी म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्म्सले गरेको छ। गीतको भिडियोको निर्देशन छायांकन र सम्पादन विष्णु भट्टराईले गरेका छन्। यसको भिडियोमा बुटवलकै कलाकार राज केसी, मीनुजंग राना मगर, शीतल शर्मा र विनिता शाहीले अभिनय रहेको छ। बुटवलको चर्चित अम्रपालीमा छायांकन भएको भिडियोले दर्शकको मन जित्ने गायिका शर्माले विश्वास व्यक्त गरेकी छिन्।