अफगानिस्तानमा ८४ लडाकू मारिए


 

काबुल, ७ भदौ । अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी ८४ जना भन्दा बढी लडाकूहरू मारिएका छन् ।

गत २४ घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा कम्तीमा १७ जना घाइते भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायहरूले १८ ओटा सुरक्षा कारबाही चलाएको थियो । त्यस बाहेक ३४ प्रदेश मध्ये १४ प्रदेशहरूमा एउटा रात्रि कारबाही पनि गरिएको थियो ।”

वक्तव्यमा ती सुरक्षा कारबाहीहरूबाट ८४ जना आतङ्कारी मारिएको र अरु १७ जना घाइते भएको पनि उल्लेख गरिएको छ । मारिएका मध्ये ६ जना इस्लामिक स्टेट (आइएस)का लडाकू रहेको पनि मन्त्रालयले जनाएको छ । रासस÷सिन्ह्वा