दोलखामा भूकम्प

0
Shares

काठमाडौं, (नेस) ।
सोमबार साँझ दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । दोलखाको जुगु गाउँपालिकाबाट उत्तरपूर्व तर्फ केन्द्र विन्दू भएर ५ बजेर ४८ मिनेटमा सो क्षमताको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सो पराकम्प गोरखाको वारपाक केन्द्रविन्दु भएर २ वर्ष अघि गएको महाभूकम्पपछिको पराकम्प भएको केन्द्रका अधिकारीले प्रष्ट्याए । सो पराकम्पको धक्का दोलखा सहित रामेछाम, सिन्धुपाल्चोक र आसपासका जिल्लामा प्रष्ट महसुस गरिएको थियो ।
वारपाक केन्द्रविन्दू भएर भूकम्प गएपश्चात सोमबार सहित ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ८५ पराकम्प दोहोरिएको केन्द्रको तथ्यांक छ ।