रनवे परेड हुँदै

0
Shares

 

टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स्ले राजधानीमा पहिलोपटक एक बृहत् फेसन शो आयोजना गर्ने भएको छ। रनवे परेड–२०७४ शीर्षकको यो फेसन शो दरबारमार्गस्थित क्लब डेजा भु क्लबमा आयोजना हुने फेसन शोका कोरियोग्राफर तथा अभिनेता एसराज गराचले जानकारी गराए।

जोर्डन राजभण्डारीले व्यवस्थापन गरिरहेको फेसन शोका लागि अघिल्लो साता काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको थियो। मुड्स लाउन्जमा सम्पन्न अडिसनमा झन्डै ३ सय मोडलले अडिसन दिएका थिए। अडिसनबाट फेसन शोका लागि १६ जना महिला तथा ११ जना पुरुष मोडल छनोट भएका छन्। फेसन शोको प्रशिक्षणमा व्यस्त रहेका महिला मोडलहरुमा निधि प्रधान, श्रद्धा लामिछाने, अञ्जली लामा, साइमा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सुमी भट्टराई, निशा केसी, रञ्जु लिम्बु, जावरिया, रितु पौडेल, मोनिका श्रेष्ठ, युनिषा केसी, कुसुम देउजा, अस्निका राजभण्डारी, निभा अधिकारी तथा अपेक्षा खड्का छन्। छनोट भएका पुरुष मोडलहरुमा भने विराट विजय ओझा, अमन प्रधान, विनय मान श्रेष्ठ, सुभास भट्टराई, प्रज्वल श्रेष्ठ, लक्की खड्गी, रोजेश श्रेष्ठ, अर्पण महर्जन, रिजेन्द्र लाल श्रेष्ठ, सुमन शेर्पाल तथा विधान प्रधान छन्।

फेसन शोमा आधा दर्जन नायिका शोस्टरको रूपमा सहभागी हुनेछन् भने विभिन्न ९ जना डिजाइनरले तयार पारेका पहिरण प्रदर्शन गरिनेछ। फेसन शोमा राशी कोइराला, लाजिमा सुब्बा, डीना गुरुङ, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, पेमा याङ्जी लामा, छिरिङ, ओसिन थापा तथा रविनद्वारा तयार पारिएका पहिरण प्रदर्शन गरिने आयोजकले जनाएको छ।

आगमी भदौ २४ गते शनिबार आयोजना हुने फेसन शोबाट संकलित रकम कान्ति बाल अस्पतालमा उपचाररत रक्त क्यान्सरबाट पीडित ३ वर्षीय बालक प्रत्युष थापाको उपचार तथा बाढीपीडितलाई हस्तान्तरण गरिने आयोजक संस्थाकी प्रबन्ध निर्देश्ँक विजया शाहले
जानकारी गराइन्।