कार्डसियन अर्को बिहेको मुडमा

0
Shares

 

 

हलिउड रियालिटी टिभीस्टार क्लोही कार्डसियनले फेरि एकपटक विवाह बन्धनमा बाँधिन चाहेको खुलाएकी छिन्। क्लोही चर्चित अमेरिकी टिभीस्टार, अभिनेतृ र मोडल किम कार्डसियनकी बहिनी पनि हुन्।

कन्ट्याक्ट म्युजिकको खबरअनुसार क्लोहीले यसअघि लामर ओडोमसँग विवाह गरिसकेकी छिन्। यद्दपि ३३ वर्षीया स्टार अहिले ट्रिस्टान थोम्पसनसँगको सम्बन्धमा छिन्। उनले भनेकी छिन्– ‘म र थोम्पसन अहिलेको सम्बन्धलाई लिएर खुसी छौं।’

यु पत्रिकासँगको साक्षात्कारमा पनि क्लोहीले अहिलेसम्म बिताएका सम्बन्धमध्ये यो नै सबैभन्दा राम्रो र सहज भएको बताइन्। विवाहप्रति आफ्नो विश्वास रहेको जनाउँदै क्लोहीले पुनः एकपटक विवाह गर्न चाहेको र समय भने निश्चित नभइसकेको बताएकी छिन्।

उनले भनेकी छिन्– ‘मानिस किन विवाहलाई खुसीका रूपमा लिन्छन्? किनकि धेरै मानिस आफ्नो वैवाहिक जीवनलाई लिएर खुसी छैनन्।’ क्लोहीको विचारमा विवाहमा समझदारी हुनु जरुरी छ।