रवि र सुनीतालाई तीज दोहोरी अवार्ड

0
Shares

 

छायाँछवी क्रियसनले तीजको अवसर पारेर ३ वर्षदेखि वर्षेनि आयोजना गर्दै आइरहको छायाँछवी तीज म्युजिक अवार्ड २०७४ राजधानीमा आइतबार सम्पन्न गरेको छ।

मनोनयनका उत्कृष्ट विधाअन्तर्गत, उत्कृष्ट तीज दोहोरी गीत (कम्पनी) को अवार्ड स्वामी राजैले बोलको गीतबाट हमाल म्युजिकले पाएको छ। त्यस्तै तीज दोहोरी गीत गायकगायिकाको अवार्ड माइती र चेली बोलको गीतबाट गायक रवि थापा मगर र हङकङको चुरा बोलको गीतबाट गायिका सुनीता गुरुङले चुमेकी छिन्। तीज दोहोरी गीत नवगायक तथा गायिकाको अवार्ड स्वामी राजैलेबाट हरि गिरी विमर्शी तथा दिदीभाइबाट स्मृति तिमल्सिनाले पाएका छन्। त्यसै गरी, तीज दोहोरी गीत शब्दको अवार्ड हे शिवबाट कस्तुप पन्त, तीज दोहोरी गीत लयको अवार्ड बजाइदेउ मादलुबाट राजेन्द्र कँडेल, तीज दोहोरी मौलिक गीतको अवार्ड मेरो बुढा झर्केबाट मञ्जु पौडेल, तीज दोहोरी गीत मिक्सिङको अवार्ड माइती र चेलीबाट श्यामश्वेत रसाइली, तीज दोहोरी गीत एरेन्जरको अवार्ड लाज किन होबाट कमल सौराग, पुरुष मोडलको अवार्ड नाच्नमा एक नम्बरबाट सन्दिपल न्यौपाने तथा महिला मोडलको अवार्ड मैना चरीबाट दिपासा बीसीले अवार्ड चुमेका छन्।

तीज गीततर्फ भने उत्कृष्ट तीज गीत (कम्पनी) को अवार्ड माइतीघर बोलको गीतबाट आशिष म्युजिकले पाएको छ भने मौलिक तीज गीतको अवार्ड माइतीघरबाटै गायिका पूर्णकला बीसीले पाएकी छिन्। त्यसै गरी तीज गीत गायिकाको अवार्ड यूकेको साडीबाट टीका पुन, तीज गीत नवगायिकाको अवार्ड आँगनीको डिलैमाबाट धनमाया राना, युगल तीज गीतको अवार्ड झल्को माइतीकोबाट गायिकाद्वय लक्ष्मी न्यौपाने र शारदा बस्यालले पाएका छन् भने तीज गीत लय तथा शब्द दुवैको अवार्ड नदी तिरैमाबाट हरि विष्टले पाएका छन्। तीज गीत मिक्सिङको अवार्ड पनि नदी तिरैमाबाटै सञ्जय श्रीपाल, तीज गीत एरेन्जरको अवार्ड विनोद बाजुराली, सम्पादनको अवार्ड म त नाच्दिनबाट विष्णु शर्मा, छायांकनको अवार्ड आउँछ तीजबाट करण चैसिर, नृत्य निर्देशनको अवार्ड माइतीघरबाट विक्रम चौहान तथा भिडियो निर्देशनको अवार्ड आँगनीको डिलैमाबाट प्रकाश भट्टले पाएका छन्।

म त नाच्नी के रेबाट गायिकाद्वय कोमल वली र प्रज्ञा वलीलाई जुरी अवार्ड प्रदान गरिएको कार्यक्रमा मोडल रञ्जिता गुरुङलाई पब्लिक च्वाइस अवार्ड, गायिकाद्वय मधु क्षत्री र एलिना खनाललाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको थियो भने गायिका चन्द्रकला शाहलाई छायाँछवी तीज संगीत स्रष्टा सम्मानको साथै पत्रकार गीता अधिकारीलाई नगद ५ हजार, ५ सय ५५ सहित छायाँछवी रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। अधिकारीले पुरस्कारबापतको रकम आफ्नो गृहक्षेत्र मोरङका बाढीपीडितलाई प्रदान गर्ने कार्यक्रममा बताइन्।
कार्यक्रममा विभिन्न कलाकारले गीत तथा नृत्यमार्फत् मनोरञ्जन प्रदान गरेका थिए। तीज गीतलाई समावेश गरेर आयोजना गरीएको तीज म्युजिक अवार्डको यो चौंथो संस्करण हो।